वीरगन्ज ठाकुराम बहुमुखी क्याम्पसमा तालाबन्दी

826

वीरगन्ज १५ साउन । नेपाल विद्यार्थि संघको ठाकुराम बहुमुखी क्याम्पस इकाइ कमिटिले क्याम्पसका बिभिन्न फाँटहरुमा बुधवार तालाबन्दी गरेको छ ।

ठाकुराम बहुमुखी क्याम्पसमा प्रयाक्टिलको नाममा बढी शुल्क लिएको, बढी लिएको शुल्क फिर्ता नगरेको, शुल्क लिएर पनि प्रयाक्टिल नगराएको, क्याम्पसमा शिक्षकहरु आएर हाजिरी गराएर निस्किने गरेको, लगायतका बिभिन्न अनियमिता भइरहेको भन्दै भन्दै तालाबन्दी गरेको नेविसंघ ठाकुराम इकाइ कमिटिका अध्यक्ष मनोश शााहले बताउनुभयो ।



बिगत २ महिना अघि पनि नेविसंघले पुस्तकालय व्यवस्थापन, नियमित पठनपाठन, कर्मचारीको अनियमीता लगायतका बिषयमा क्याम्पमा ज्ञापन पत्र मार्फत ध्यानआकर्षण गराएपनि सुनुवाइ नभएको ले आज क्याम्पसका लेखा शाखा, प्रशासन शाखा, क्याम्पस प्रमुखको कार्यकक्ष, स्टोर रुम लगायतका शााखामा नेविसंघका इकाइ कमिटि अध्यक्ष मनोज साह सहित रन्जन चौरासीया, बिकास मण्डल लगायतका अन्य पदाधिकारीको समुहले तालाबन्दी गरेको हो ।