×

पर्सामा एक युवक मृत भेटिएका छन् । वीरगंज महानगरपालिका वडा नं २२ जगरनाथपुरका ३५ वर्षीय नथु मियाँ मृत भेटिएका हुन् । गाउँमै रहेको नहरको डिलमा मियाँ मृत भेटिएको पर्सा प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेका प्रहरीको टोलीले मुचुल्का तयार पारी शव पोस्टमार्टमको लागि नारायणी अस्पताल पठाएको छ । उनको मृत्युको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Back to top