बैध र प्रधान भए प्रदेशस्तरीय पर्यटन प्रबद्र्धन समितिको सदस्य

113

वीरगन्ज १४ साउन । वीरगन्जका दुई ब्यपारी प्रदेशस्तरीय पर्यटन प्रबद्र्धन समितिको सदस्यमा मनोनयन भएका छन । प्रधानमन्त्री एवम् संस्कृथि,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीस्तरको बैठकबाट भएको निर्णय अनुसार वीरगन्ज उधोग वाणिज्य संघका पुर्व अध्यक्ष तथा नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोक बैध र होटल मकालुका संचालक मोहन प्रधानलाई प्रदेशस्तरीय पर्यटन प्रबद्र्धन समितिको सदस्यमा मनोनयन भएका हुन ।

सरकारले २०२० को भ्रमण वर्षमा प्रदेशस्तरीय पर्यटन प्रबद्र्धनलाई सफल बनाउन बैध र प्रधानलाई सदस्य बनाएकोमा वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले खुसि ब्यक्त गरेका छन ।