अगनी पीडितको साहारा बने युवा नेता शम्भु साह

129

सन्जय सहनी, रौतहट १३ साउन । रौतहट सदरमुकाम समेत रहेको गौर नगरपालिका वडा न ६ का स्थानीय रोज मोहम्मदको घर आगो लागि जलेर नस्ट सिङो परिवार नै बिचल्लिमा परेको छ ।

आइतबार अबेर राती आगलागी बाट घरको अन्न लत्ताकपडा ,नगद ,फर्निचर ,पशुचौपाया समेत जलेर नस्ट बर्खायाममा गरिब परिवारको खुसी एक्कासि उडेको हो ।



हाल पीडित परिवारलाई तत्काल राहतको आवश्यकता परेपनी स्थानीय नेताहरुबाट आसवासन बाड्ने काम मात्र भएपछि पीडित परिवारलाई थप चीन्ताले सताउन थालेको छ ।

निर्वाचित जनप्रतिनिधिले केही गर्न नसकेपनि गौर नगरपालिकाको मेयर प्रत्यासी शम्भु साहले पीडितको घाउमा मलहम लगाउने प्रयास गरेका छ ।

शुरु देखि नै दयालु स्वभावका धनि नेकपाका प्रदेश सदस्य समेत रहेका साहले पीडितको दुखमा साहारा बनेका हुन ।

महमद परिवारलाई त्रिपाल ३०-४० को १ थान, साडी ४ थान ,चावल २५ किलो दाल ५ किलो चाउचाउ १ कार्टून बाल्टी र जग १ थान तत्काल सहयोग गरेको पीडितले जनाए ।

जितेर गएका जनप्रतिनिधि सङ बजेट छ आफ्नो खाली हात छ र पनि सकेको जति तत्काल सहयोग गरेको नेता साहले बताए ।उहाँले पीडितको घर निर्माणका लागि पहल थाल्ने बताए ।साहले सहयोगि सबैलाई पीडितलाई राहत दिन अपिल समेत गरे।