×

वीरगन्ज १२ साउन । मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बाढी बाट प्रदेश नं. २ मा भएको क्षति बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउनु भएको छ । अषाढ २७ गते आएको भीषणबाढी बाट प्रदेश २ मा भएको क्षतिबारे सम्वन्धित पक्षलाई जानकारी गराउनुको साथै सहयोग जुटाउने उद्देश्यले काठमाण्डौ पुगेको मुख्यमन्त्री राउतर सोनल सहितको सर्वदलिय टोलीले आज प्रधानमन्त्री ओलीलाई भेटेका हुन ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मुख्यमन्त्री राउत र मन्त्री जितेन्द्र सोनलले बाढीबाट प्रदेश नं. २ मा सार्वजनिक र नीजि गरि अरबौ रुपैया बराबारको क्षति भएको ३७ जना भन्दा बढीको मृत्यु भएको तथा हजारौ परिवार घरबार विहीन भएको जानकारी गराउनु भएको हो ।

बाढी बाट भएको क्षतिको परिपूर्ति प्रदेश सरकारको बुता भन्दा बाहिर रहेको उल्लेख गर्नु हुँदै उहाँले विस्थापितहरुको पुनर्वास र पुनर्निमाणको लागि संघीय सरकारलाई सहयोग गर्न आग्रह समेत गर्नु भयो ।

भेटमा मुख्यमन्त्री राउत र सोनलले विस्थापित परिवारहरुको पुनर्वास, नदी नियन्त्रण र सडक मर्मत माथि विशेष जोड दिनु भएको थियो ।

जवावमा प्रधानमन्त्री ओलीले केही दिन भित्रै आफुपनि बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने र आवश्यक सहयोग गर्ने आश्वासन दिनु भएको छ ।

भेटमा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव समेतको उपस्थिति थियो ।

Back to top