×

वीरगन्ज १० साउन । नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै चर्चित लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ भन्ने गीतले जति चर्चा कमाएको छ ।त्यही अनुरुप स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुले सरकारी गाढीहरु आफुमात्रै नभएरु भाई भतिज, छोराछोरी, साला साली जेठान आफन्तको जिवाहमा सम्मले ढुट्याउने गरेको प्रत्यक्ष रुपमा देख्नेहरुले गुनासो बजारमा गाईगुइ सन्न पाइन्छ ।

यसै समाचारमा “ढुट्याउन सके ढुट्या कान्छा अरु देशमा पाइँदैन नेपालमै हो सरकारी गाडी ढुट्याने छुट” प्रसंग पनि मेल खाएको देखिन्छ । वीरगन्ज महा नगरपालिकाका नगर प्रमुख विजय सरावगीले आफनो छोरी विवाहमा वीरगन्ज महानगरले किनेको सरकारी विलाशिता करिब २ करोडको मित्सुविसीको पजेरो गाडी आफनो अथितिलाई लैजान लैउन प्रयोग गरेका थिए, यसै गरि बाराको पचरौता नगरपालिका वाड न. ६ को वडाअध्यक्ष लक्ष्मी यादवले आफूले पाएको सरकारी मोटर साईकलमा भारतबाट खाद तस्करी गराउदै पाईएको छ भने सप्तरी बलान विहुल गाउँपालिका सव इन्जिनियर सन्तोष कुमार रजक चढ्ने सरकारी मोटर साइकल उनकै जेठान सुरेन्द्र सिंह रजकलाई त्रियुगा नगरपालिका ६ जलजले ट्राफिक प्रहरी चेक पोइन्टमा पक्राउ परे । पक्राउ परेका सुरेन्द्र सिंह रजक आफ्नो विवाहको कार्ड बाँड्न स.१ ब ११०२ नम्बरको सरकारी मोटर साइकल ज्वाइँसँग मागेर लिएर आएको स्वीकार गरेका छन ।

विवाहको अथितिलाई लैजान लैउन सरकारी मित्सुविसीको पजेरो गाडी, तस्करी गर्न सरकारी मोटर साईकल र विवाहको कार्ड बाँड्न कासरकारी तेल खर्च गरेर शानदारका साथ हिडेको देखेपछि वीरगन्ज बासी छक्क परेका थिए ।

माथिका सरकारी मित्सुविसीको पजेरो गाडी र मोटर साइकल दुरुपयोग घटना एउटा पात्र मात्र हुन् । यस किसिमको दुरुपयोग प्रायः सवै जनप्रतिनिधिहरुले गरेको पाइन्छ । अहिले केही गाउँ पालिका र महानगरपालिकामा सवारी साधन सहितको सेवा सुविधाले गर्दा प्रमुख र उपप्रमुखहरुको बोलचाल समेत हुन सकेका छैनन् ।

वीरगन्जकै सन्दर्भमा भन्ने हो भने वडा अध्यक्षहरुले आफुले पाएको मोटर साइकललाई आफ्नो भाई भतिजोलाई दिने गरेको गुनासोहरु पनि बेला बेलामा छत्ताछुल्ल भएको छ । तर, पनि प्रशासन यस विषयमा नियमन गर्ने गरेको छैन् । ति गाडी र मोटर साइकलको मर्मत खर्च पनि गाउँपालिका र नगरपालिकाले व्यहोरेको समेत सुन्न पाइन्छ । यस्तै गाडी र मोटर साइकल चल्दै नचली इन्धनको विल भुप्तानी लिने वडाहरु पनि छन् । साथै ५ सय किलो मिटर पनि नकुदेको मोटर साइकलले ६५ हजार बराबरको इन्धन खपत गरेर विलको भुप्तानी लिएको वडा अध्यक्ष पनि छन् ।

गाउँपालिका र नगरपालिकाका कर्मचारीहरुले दोहोरो सुविधा लिइएको पाइन्छ । कति कर्मचारीहरुले भ्रमण आदेश लिएर भ्रमण भत्ता लिइनुको सँगसँगै अर्को तर्फ इन्धनको विल पनि गाउँपालिका र नगरपालिकाबाट लिएर गएको देखिन्छ ।

Back to top