३७ औं बिपि स्मृति दिवसको अवसरमा नेपाल तरुण दलपर्सा द्वारा दिप प्रवजलन

55

वीरगन्ज ८ सावन । आज ३७ औं बीपी स्मृति दिवसको अवसरमा नेपाल तरुण दल पर्साद्वारा वीरगन्जको माईस्थानमा आज दिप प्रवजलन गरिएको छ ।

नेपालका प्रथम जननिर्वा्िचत प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवसमा नेपाली काङ्ग्रेस पर्साले आज ८ दिन बिभिन्न कार्यक्रम मनाएका छन ।



प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली काँग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई नेपाली काँग्रेसले हरेक वर्ष बीपी स्मृति दिवसका रुपमा मनाउँदै आएको छ ।

आज ३७ औं बीपी स्मृति दिवसको अवसरमा नेपाल तरुण दल पर्साद्वारा दिप प्रवजलन कार्यक्रममा नेपाली काङ्ग्रेस पर्सा जिल्ला अध्यक्ष अजय दुवेदी, पुर्व सांसद राजेन्द्र बहादुर अमात्य ,नेता दिना गूप्ता र नेता श्याम पटेल लगायत नेता तथा कार्यकर्ताहरु रहेका थिए ।