सांसद प्रदीप यादवले दिए बाढी पिडितहरुको राहत स्वरुप ५५ हजार चेक

68

वीरगन्ज ३१ असार । समाजबादी पार्टी नेपालका पर्साका जिल्ला अध्यक्ष एवंम पर्सा क्षेत्र न. १ का सांसद .प्रदीप यादवले बाढी पिडितहरुको राहत स्वरुप आफनो एक महिनाको तलबको रकम आज जिल्ला बिपत्त व्यवस्थापन समितिका अध्यक्ष एवम पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई हस्तांतरण गरेका छन ।लगातारको अविरल वर्षाका कारण पर्सा लगायत पुरै देशमा भएको ठुलो जनधनको क्षती प्रती गहिरो दुख व्यक्त गर्दै ५५ हजार २ सय तिस रुपैयाको चेक जिल्ला बिपत्त व्यवस्थापन समितिका अध्यक्ष एवम पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई हस्तांतरण गरेका हुन ।

यस प्राकृतीक विपदाको घडीमा सबै सहयोगी हाथहरुलाई बाढी पिडीतहरुको लागी आ—आफनो ठाउहरुबाट झन सहयोग गर्न आग्रह समेत गरेका छन ।



आफनो धन माल सबै गुमाई सकेका बाढी पिडीतहरुलाई अहिले तत्काल राहतको आवश्यक्ता रहेकोले स्थानीय सरकार,प्रदेश सरकार र संघिय सरकारले पनि यथा सिर्घ राहतको व्यवस्था गर्न समेत सम्बन्धीत निकायको ध्यानाकषर्ण गराएका छन ।