वीरगन्ज महानगरमा कारेरत सजन अग्रवाल पनि मेयर सरावगी विरुधमा

873

वीरगञ्ज ३१ असार । वीरगञ्जमा ब्यवसायीले वीरगञ्जमा सञ्चालित मझौला एकीकृत शहरी वातावरणीय सुधार आयोजनामा वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी लगायत केही कर्मचारीले मोटो रकम खाएको कारण आर्दशनगर डुबानमा परेको प्रश्न वीरगन्ज महानगरपालिका कारेरत सजन अग्रवाल लगायत वीरगञ्जका ब्यवसायीहरु उठाएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले एसियाली विकास बैंकको सहयोगमा सञ्चालित उक्त परियोजनाका कारण बजार डुवानमा परेको भन्दै यसको डिजाइन नै त्रुटिपूर्ण रहेको बताएको छ ।



बाढीबाट भएको नोक्सानको क्षतिपूर्ति र समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय, पर्सा, मार्फत मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण गराउँदै उद्योगी व्यवसायीले एडीबि परियोजनाको कामबारे छानबिन गर्न माग गरेका छन् ।

‘सम्पूर्ण नगरक्षेत्र भित्र लगभग ढलरनालाको निर्माण सम्पन्न भइसकेको देखिएता पनि वर्षातको पानीको निर्वाध बहाव हुन सकेको छैन । सामान्य वर्षातमा समेत वीरगञ्ज बजार जलमग्न हुने गरेको हुँदा वीरगञ्जनगर क्षेत्रको पानी बहावको समुचित व्यवस्था तत्काल गरी पाउन तथा निर्माण भएको ढलरनाला डिजाइन तथा बनावट त्रुटपूर्ण रहेरनरहेको जाँच गर्न जाँचबुझ समिति समेत गठन हुनुपर्छ’ ज्ञापन पत्रमा भनिएको छ ।

संघले डुवानबाट क्षति भोगेका वीरगञ्ज आदर्शनगरका ब्यापारीलाई क्षतिपूर्ति दिन पनि माग गरेको अध्यक्ष गोपाल केडियाले बताए ।