×

वीरगंज,२९ असार । वीरगन्जको श्रीपुर भारतिय दुतावास पछाडी रहेको वीरगन्ज कलेजले आफ्नो सामाजिक उत्तरदायित्व प्रति अग्रसर हुदै बाढी,पहिरो तथा डुवान प्रभावितहरुका लागि ११ कक्षामा निशुल्क भर्नाको घोषणा गरेको छ ।

प्रभावितहरुले स्थानिय निकायको सिफारिस सहित कलेजको कार्यालय समयमा आएर आफ्नो नामांकन गराउँन कलेजले प्रभावित सबैमा जानकारी गराएको छ ।

शनिवार वसेको कलेज वोर्डको वैठकले वाढी,पहिरो तथा डुवान प्रभावितहरुलाई थोरै भए पनि सहयोग पु¥याउँने उदेश्यका साथ निशुल्क भर्नाको व्यवस्था मिलाउँने निर्णय गरेको कलेजको अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले बताउनु भयो ।

Back to top