एक अर्काको लागी सहयोगी हाथ बनि दिनुहुन हार्दिक अपील-सांसद प्रदिप यादव

234

वीरगन्ज २७ असार । लगातार बर्षाका कारण मधेसका अधिकांश जिल्लाहरु डुवानको खतरामा रहेका र जनजीवन प्रभावित बन्दै गएपछि समावादी पार्टीका पर्सा जिल्ला अध्यक्ष एवम सघीय सभाका सांसद प्रदिप यादवले आज एक प्रेस विज्ञप्ती निकाली पार्टीका युवा साथीहरु, कार्यकर्ताहरु र पर्सामा रहेका समाजसेवि र समाजिक संघ संस्थाहरुलाई राहत र उद्दारको लागि तयारी अवस्थामा बस्न अनुरोध गरेका छन ।

मधेसका अधिकांश जिल्लाहरु डुवानको खतरामा रहेका छन र सबै नदीहरुले आफ्नो रेखा नाघी सकेका छन । त्यसै गरि लालबकैया नदीको पानीले पुर्व पक्षिम राजमार्ग अवरोध भएको जानकारी पाएको छु र यता पर्साको सिरिसिया, तिलावे ,सिकटा , भेडाहा नदी लगायत सबैको निरन्तर बढदै गएको जलस्तरले पर्सा जिल्ला लगायत मधेसमा त्रास सिर्जना गरेको छ ।



यस बिकटको घडिमा सम्पुर्ण जन समुदायलाई सतर्क रहन र एक अर्काको लागी सहयोगी हाथ बनि दिनुहुन हार्दिक अपील गर्दछु । यसै साथ समाजवादी पार्टीका युवा साथीहरु, कार्यकर्ताहरु र पर्सामा रहेका समाजसेवि र समाजिक संघ संस्थाहरुलाई राहत र उद्दारको लागि तयारी अवस्थामा बस्न अनुरोध समेत गरेका छन ।

साथै दल र पुर्वाग्रह भन्दा माथी उठी केन्द्र सरकार , प्रदेश सरकार र स्थानीय सरकार (पालिका) लगायत सम्पुर्ण सुरक्षा निकायलाई यस घड़ीमा जन धनको छति जोगाउन आवश्यक कदम चालन र सम्बन्धित निकायलाई निर्दे्शित गरी परिचालन गर्न प्रेस विज्ञप्ती मार्फत आग्रह समेत गरेका छन ।