×

वीरगन्ज २६ असार । वीरगन्जको विकाशको बाधकको रुपमा आज ४ बजे वीरगन्जमा केहि नेता तथा ब्यपारीहरु गोप्य मिटिङ्ग बस्ने भएका छन । सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सडक डिभिजन कार्यालयले १५ दिने सूचना जारी गरेपछि अहिले वीरगन्ज ४ बजे गोप्य मिटिङ्ग बसने भएको छ ।

वीरगन्जको रानीसती धर्मशालामा आज ४ बजे बस्ने गोप्य मिटिङ्गमा समावादी पार्टीका पर्सा जिल्ला अध्यक्ष एवम सघीय सभाका सांसद प्रदिप यादव, वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी,नेपाली काग्रेसका पर्सा जिल्ला अध्यक्ष अजय दुबेदी,नेपाली काग्रेसका केन्द्रय सदस्य अजय चौरसिया,वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया र वीरगन्जका उधोगपती बाबुलाल चचान रहेका छन ।

वीरगन्ज बजार क्षेत्रमा सडकको दायावायाँ १६–१६ मिटर मात्रै विस्तार गरी राष्ट्रिय राजमार्गलाई बाइपास सडक बनाउने बारे ४ बजे गोप्य मिटिङ्ग बसने भएका छन ।

सवारी चाप अत्याधिक बढिरहेको सन्दर्भमा ९ मिटर चौडा सडकले चाप थेग्न सक्ने भन्दै यस ४ बजेको गोप्य मिटिङ्गमा केहि नेता तथा स्थानियले भाग नलिने श्रोतले जनाएको छ ।

Back to top