×

वीरगंज २६ असार । वीरगन्जको आदर्शनगर ग्रीन सिटी, सामुदायिकको बदमासी फेला परेको छ । वीरगन्जको आदर्शनगर ग्रीन सिटी, सामुदायिक केन्द्रका अध्यक्ष प्रकाश खेतानको बदमासी कारण आदर्शनगर क्षेत्रमा धेरै जसो वित्तीय संस्थाहरू संग आफनै भवनमा समेत रहेको पार्किङहरु प्रयोग गरेका छैनन ।वीरगन्जको आदर्शनगर ग्रीन सिटी, सामुदायिक केन्द्रका अध्यक्ष खेतानको बदमासी कारण वित्तीय संस्थाहरूको आफनै भवनमा समेत रहेको पार्किङहरु प्रयोग नगरेको आदर्शनगर क्षेत्रका दिपक सर्राफले गुनासो गरेका छन ।

जबकी आदर्शनगर क्षेत्रमा धेरै जसो वित्तीय संस्थाहरूसंग आफनै भवनमा सेवा लिने ग्राहकहरुका लागी पार्किङ बनाईएको छ । वित्तीय संस्थाका संचालहरुले अध्यक्ष खेतानलाई आर्धिक प्रलोभनमा परी आफनो भवन भित्र रहेको पार्किङलाई आफनो निजी प्रयोग मात्र गरि आफनो वित्तीय संस्थामा सेवालिन आएका ग्राहकलाई सवारीसाधन बाटोमा पार्किङ गर्ने बादय बनाउने गरेको सर्राफले आरोप लगाएका छन ।

जबकी अध्यक्ष खेतानले वित्तीय संस्थाहरूलाई दबाव दिनु पर्ने उनिहरुको आफनो भवन भित्र रहेको पार्किङलाई आफनो ग्राहकको प्रयोगका लागी खोलाउन उनी कीन न सकेको हालान ?

आर्धिक प्रलोभनमा परी हिजो खेतानले वीरगंजको आदर्शनगर चोकदेखि ठाकुर राम क्याम्पससम्म एकोहोरो मोटरसाइकल पार्किङ गरिएपनि बैकहरुले आफनो भवनमा पार्किङ संचालन नगरेको ले सोबाहेकको सडकमा दोहोरो र फुटपाथमा समेत पार्किङ हुँदै आएको कारण समस्या भएको बताएका छन ।

अहिले वीरगंजको आदर्शनगर क्षेत्रमा सवारी पार्किङ समस्या विकराल बन्दै गएको छ । वीरगंज महानगरको अधीनमा रहेको पुरानो बसपार्कमा सशुल्क पार्किड्ढो व्यवस्था गरेपनि त्यहाँ भाडामा सञ्चालन हुने चार पाङ्ग्रे गाडीमात्र पार्किङ हुँदै आएको छ ।

वित्तीय संस्थाहरुले आफनो भवन भित्र रहेको पार्किङलाई आफनो निजी प्रयोग मात्र गरेका कारण अन्य सवारीसाधन सडक फुटपाथमा राख्ने गरेको कारण आदर्शनगर क्षेत्रमा सवारी समस्या बढी देखिएको हो ।

आदर्शनगर ग्रीन सिटी, सामुदायिक संस्था, वडा प्रहरी कार्यालय बिर्ता र ट्राफिक प्रहरीले हिजोदेखि पार्किङ तोकिएको बाहेक क्षेत्रमा राखिएका सवारीसाधन २० वटा मोटरसाइकल नियन्त्रणमा लिएका छन ।

Back to top