×

हेम चापागाईं,ठोरी २६ असार । ठोरी गाउँपालिका क्षेत्रमा नियमित रुपमा विद्युत अवरोध हुन थालेपछि यस क्षेत्रका मानिसहरु चिन्तित बनेका छन् ।

सामान्य बर्षा भएपछि विद्युत अबरोध भै हाल्ने गर्नाले विद्युत प्रयोग गरि काम गर्ने व्यावसायि, सरकारी तथा निजी कार्यलय हरु बढी मर्कामा परेका छ्न ।

आर्थिक बर्ष सकिन लाग्दा गाउपालिका कार्यलय, वडा कार्यलयहरु तथा बैंकका कारोबार गर्ने सेवाग्राही हरु विद्युत नहुदा लामो समय सम्म कार्यलयहरुमा कुरेर हैरान भइ घर फर्कने गरेको स्थानीयले बताएका छ्न ।

बिद्धुत आपूर्ति किन बन्द भयो भन्ने प्रश्नमा ठोरी क्षेत्रका फिल्ड मेनेजर रामलाल भन्छ्न " हाम्रो क्षेत्रमा कुनै समस्या छैन, पोखरिया बाट लाइन काटिएको हो, हामी त विद्युत सुचारु गर्न कोसिस गरि रहेकै छौँ ।" विद्युत नियन्त्रण कार्यलय पोखरियाको भने यो समस्या प्रती बेवास्ता जस्तै देखिएको छ ।

पटक पटक फोन गर्दा पनि नउठाउने, उठाएपनी मर्मत हुदैछ मात्र भन्ने गरेकोले वास्तविक समस्या के हो भन्ने अझै पत्ता लागेको छैन । सामान्य बर्षा र हावा आउदैमा विद्युत अबरोध हुने कस्तो समस्या हो भन्दै बिजयबस्तीका स्थानीय आक्रोशित समेत बनेका छ्न ।

मोबाइलको टावर अबरुद्ध भएको र मोबाइलमा चार्ज सकिएकोले सञ्चार समेत अबरोध भएको मिलचोकका स्थानीय प्रेम श्रेष्ठले बताए । केहिदिन अघि देखि नियमित रुपमा कहिले दिनभर र रातभर जस्तो विद्युत अबरोध हुन थालेपछि ठोरी क्षेत्रको दैनिक जीवन प्रभावित बनेको छ ।

Back to top