×

वीरगन्ज २६ असार । पर्सा जिल्ला अदालतको आदेस आए पछि आज डा.निलम साह ससुरा गम्भिरा साहको घरबाट बाहिरिए की छिन् ।

डा .निलम साहले आफना ससुरा गम्भिरा साहको घरमा जर्बजस्ती प्रवेश गरे पछि गम्भिरा दम्पतीले मेनरोडमा रहेको आफनो घर छाडेर महिना दिन देखी बाहिर बस्दै आएका थिए । तर आज पर्सा जिल्ला अदालतको आदेस आए पछि पर्सा प्रहरीको रोहबरमा डा.निलम साहलाई घरबाट निकालिएको छ ।

पर्सा जिल्ला अदालतले डा.निलम साहको हकमा बैशाख १६ गते घरेलु हिंसा मुद्दामा डा. निलमलाई कुटपीट गर्ने, शारीरिक तथा मानसीक यातना दिने, स्वास्थ्य उपचार हेरचाह नगर्ने, संचार माध्यमद्धारा दुख दिने वा संताउने कार्य नगर्ने लगायत निज बासोबास गरी आएको स्थानबाट निकाला गर्ने समेतको कार्य नगर्न भनी गम्भिरा साह तेली उनको श्रीमति सावित्री देवी तेली र डा. निलमको पति डा.राजेश कुमार साहलाई आदेश दिएको थियो ।

अंशबाण्डा गरी सकेका आफना बुवा गम्भिरा साह बस्ने घरमा उनकी श्रीमती डा. निलम साहले बैशाख १९ गते केही मानवअधिकारवादी, संचारकर्मी, प्रहरीको उपस्थितमा समेत ताला फोडोर बस्दै नबसेको घरमा जबरजस्ती प्रवेश गरे लगतै उनका ससुरा गम्भिरा साह र सासु सावित्री देवी घरबाट बाहिरिए ।

अदालतको आदेश अनुसार डा.निलम जाह बसेकी थिइन त्यहाबाट ननिकाल्नु भनिएको हो । अदालतले यस्तो आदेश जारी गर्दा डा .निलम साह नेशनल मेकिडकल कलेजमा कार्यरत थिइन र त्यही क्वार्टरमा बस्दै आएकी थिइन ।

तर उनी आफनो श्रीमानको समेत हक नलाग्ने मेनरोडको घरमा जोरजुलुम गरेर प्रवेश गरेकी थिइन । उनलाई त्यो घरमा प्रवेश गराउन प्रहरी मानव अधिकारकर्मी र संचारकर्मीले समेत सहयोग गरेका थिए ।

Back to top