सर्लाहीमा भएको घटनामा दुई चार जना मर्दैमा आफत आउंदैन-सांसद श्रीवास्तव

1345

वीरगन्ज २६ असार । राज्य कार्य व्यवस्था समितिको बैठकमा समाजवादी पार्टीका सांसद बिमल श्रीवास्तवले दुई चार जना मर्दैमा केही ठूलो आफत नआउने बताएका छन।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रीय जनता पार्टी नेपारुलद्वारा सर्लाही घटनालाई लिएर प्रतिनिधि सभा अवरूद्ध गरेको विषयमा सभामुखले बोलाएको कार्य व्यवस्था समितिको बैठकमा समाजवादी पार्टीको तर्फबाट बोल्दै सांसद श्रीवास्तवले सर्लाहीमा भएको घटनालाई कांग्रेस र राजपाले अतिरंजित गरेको आरोप लगाए ।

कार्य व्यवस्था समितिमा नेपाली कांग्रेस र राजपाका सदस्यहरूले सर्लाही गोलीकाण्डको छानबीन गर्न संसदीय समिति गठन गर्नु पर्ने अडान राखे पछि सत्तारूढ दल समाजवादी पार्टीका सांसद बिमल श्रीवास्तवले प्रतिकार गर्दै भने मधेशमा दुई चार जना मरे पनि केही फरक पर्दैन।“



उनले यस्तो साना तिना घटना हुंदैमा संसदीय छानबीन समितिको आवश्यकता नरहेको बताए।समाजवादी पार्टी सांसद श्रीवास्तवले पुलिसको गोली लागेर पहिले पनि धेरै जना मारिएको कुरा बताउंदै दुई चार जना मर्दैमा आकाश नखस्ने बताए ।