×

बीरगंज २५ असार । सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले ४ केजि लागु औषध चरेश सहित एक जना भारतियलाई पक्राउ गरेको छ ।

बीरगंज १६ स्थित नेपाल भारत सिमामा रहेको शंकराचार्य गेटबाट सशस्त्र पं्रहरी बल राजश्व तथा भन्सार सुरक्षा १४ नम्बर गुल्मले उक्त लागु औषध चरेश सहित नियन्त्रणमा लिएको हो ।

राजश्व तथा भन्सार सुरक्षा १४ नम्बर गुल्म टोलिले नियमित चेकजाचको क्रममा संका लागी चेकजाच गर्ने क्रममा झोलामा लुकाई छिपाई लागु औषध चरेश नेपालबाट भारत तर्फ लग्दै गरेको अवस्थामा बीरगंजको शंकराचार्य गेटबाट एक भारतियलाई पक्राउ गरी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले जनाएकाछन ।

लागु औषध सहित पक्राउ पर्नेमा भारतको बेतिया थाना मझौलिया ६ बस्ने बर्ष ४४ को हसमुल्ला अन्सारी ४ केजी चरेश सहित पक्राउ गरेको खडकाले बताएकाछन ।

चरेश सहित पक्राउ परेका अन्सारीलाई आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सप्रनाउ खडकाले बताउनुभयो ।

Back to top