×

वीरगञ्ज २४ असार । युवा स्पोर्ट्स क्लबद्वारा आयोजित एक कार्यक्रम बीच फुटवल खेलाड़ीहरूलाई फुटवल हस्तान्तरण वित्रण गरिएको छ । खेलाड़ीहरूलाई प्रशिक्षणको लागि आवश्यक बूट, जुराप कीपर ग्लोव्स तथा फुटवल हस्तान्तरण गरिएको हो । युवा स्पोर्ट्स क्लबका नव नियुक्त सल्लाहकारहरू श्री दीनानाथ रौनियार, श्री गजेंद्र मान सिंह, श्री मनोज कलवार, श्री प्रदुमन सेढाई तथा श्री कुमार बराल ज्युलाई क्लबको अध्क्षय श्री संजय थापा ज्यु ले खादा ओढाई सम्मान गर्दै सफल कार्यकालको लागि शुभकामना दिनु भएको थियो । क्लबका अध्क्षय संजय थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथितिको आसन ग्रहण वड़ा नं. ९ को वड़ा अध्क्षय श्री मनोज कलवारले गर्नु भएको थियो । क्लबका सह सचिव संजीव थापाले संचालन गर्नु भएको कार्यक्रममा क्लबका अध्यक्ष संजय थापा, उपाध्यक्ष राज भंडारी, बिरेन्द्र पटेल, अरुण झा, सचिव सुरेश लामा, कोषाध्यक्ष रोशन गुप्ता, सहकोषाध्यक्ष मनोज गुप्ता, अनिल ब्याहत, सुमन पौडेल, गृष्म शाक्य, क्लबका खेलाड़ीहरू तथा नव नियुक्त सल्लाहकारहरूको गरिमामय उपस्तिथि रहेको थियो ।

 

Back to top