×

वीरगंज, असार २२ - महिलाहरुको शिप तथा उद्यमशिल्ता विकास गर्ने उद्द्येश्ले मुस्लिम महिला उत्थान मञ्चको आयोजनामा खेलौना बनाउने तालिम सम्पन्न भएको छ ।

पोखरिया नगग्र्पालिकाको आर्थिक सहयोगमा विभिन्न समुदायबाट महिलाहरुमा शिप् गर्न र उद्यमशिल्ता विकास गर्ने उद्द्येशले मुस्लिम महिला उत्थान मञ्चले आईतबार एक कार्यक्रमबीच १५ दिने तालिम सम्पन्न गरेको हो । तालिममा महिलाहरुले विभिन्न किसिमका खेलौना बनाउन सिखेका थिए । मञ्चको अध्यक्ष सायदा खातुनको सभापतित्वामा आयोजित कार्यक्रममा पोखरिया नगरपालिकाकी उप-प्रमुख सल्मा खातुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै उप-प्रमुख खातुनले महिलाहरुलाई उद्यमीको रुपमा अगाडि आएर आफुलाई आत्म निर्भर बनाउन शिप विकासको धेरै महत्वा रहेको बताईन । उनले सानो-सानो उद्यमबाट नै ठुलो उचाईमा पुग्ने उदाहरणहरु प्रस्तुत गर्दै कम लगानी भए पनि आ-आफ्नो उद्यम सुरु गर्न सहभागी महिलाहरु संग अनुरोध गरेकी थिईन ।

सम्पान कार्यक्रमको अवसरमा तालिमबाट प्राप्त सिकाईलाई प्रयोग गरि उद्यम सुरु गर्न प्रोत्साहन गर्न सहभागी उषा देवी चौहानको संयाजक्तवमा महिला उधमी समुह समेत गठन भएको थियो ।

समुहले नगरपालिकाका अन्य वडाहरुमा पनि यस्तै खालको तालिमहरु आयोजना गरि अन्य महिलाहरुको शिप विकास गर्न र उद्यम स्थापना गर्न सहयोग गर्ने भएको छ ।

महिला उधमी समुहले उत्पादन गर्न सामग्रीहरुलाई बजार सम्म पुर्‍याउन मञ्चकी अध्यक्ष सायदा खातुनले सहयोग गर्न बताईन । खातुनले यस्तो समाग्रीहरुको बजारमा धेरै माग रहेकोले आफुले समेत यस्ता खेलाउनाबाट राम्रो आय आर्जन गरेको बताईन ।

Back to top