×

वीरगंज, असार २१ - महिलाहरुलाई लक्षित गरि आयोजित पाँच दिने चित्रकला बनाउने तालिम सम्पन्न भएको छ । वीरगंज महानगरपालिका नगर कार्यपालिकाको कार्यालयको आर्थिक सहयोग तथा सहयोगी नेपालको आयोजनामा वीरगंज - ७ मा पाँच दिने चित्रकला तालिम शनिबार एक कार्यक्रम बीच सम्पन्न भएको हो ।

संघीय समाजवादी महिला फोरमकी केन्द्रिय सदस्य सुनिता साहको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा सहयोगी नेपालका अध्यक्ष तबरेज अहमदको सभापतित्वमा सम्पन्न भएको थियो । २० महिला सहभागी रहेको कार्यक्रमको प्रमुख प्रशिक्षक मुकेश महतो नुनिया रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुनिता साहले महिलाहरुलाई रूढीवादी कार्य मात्र नगरेर हरेक क्षेत्रमा सक्रिय सहभागिता देखाउन आग्रह गरिन । उनले महिलालाई थप सशक्त बनाउन यस्ता तालिम र कार्यशाला आवश्यकता रहेको बताइन ।

त्यसैगरि सहयोगी नेपालका अध्यक्ष तबरेज अहमदले कलाकारितालाई पेशाका रुपमा लिएर अगाडि बढ्न सकिने बताए । उनले आज विश्वमा धेरै कलाकारहरु चित्र बनाएर लाखौँ आम्दानी गरिरहेको बताए । अहमदले सहयोगी नेपाल संस्थाले आगामी दिनमा पनि यस्ता थप तालिमहरु आयोजना गर्ने जानकारी गराउदै वीरगंज महानगरपालिकालाई तालिम आयोजना गर्न सहयोग गरेकोमा धन्यबाद व्यक्त गरेका थिए ।

कार्यक्रममा वडा नं. ७ का वडा सदस्य, सहयोगी नेपालको तर्फबाट किरण गिरि, शसिकान्त सर्राफ र आशु सर्राफलगयातको उपस्थिति रहेको थियो ।

Back to top