×

वीरगञ्ज,२० असार । समाजवादी पार्टी नेपालका युवा नेता एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले सामुदायीक विधालयको शिक्षाको स्तर सुधार गर्न हामी सबैको दायीत्व भएको बताउनु भएको छ ।

श्री नेपाल राष्ट्रिय माध्यमीक विधालय व्यवस्थापन समिती नगवाको आयोजनामा सुरु गरिएको प्रारम्भीक शिक्षा पढाई मेला कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सांसद यादवले नेपाल सरकारले सामुदायीक विधालयहरुको शिक्षाको स्तर बढाउन विभिन्न योजनाहरु ल्याइरहेकोले हामीहरुले पनि आफना बालबालीकाहरुलाई सामुदायीक विधालयमा पढन् पठाउन आग्रह समेत गर्नु भयो । सामुदायीक विधालयको अवस्था सुधार गर्ने तर्फ हामी सबैको दायीत्व रहेको बताउदै सांसद यादवले उदाहरण दिदै भने भारतमा सामुदायीक विधालयको अवस्था यती राम्रो छ की भारतको केन्द्रिय विधालयमा आफना बालबालीकाहरुलाई पढाउन ठुलै सिफारीसको आवश्यक्ता पर्ने गर्छ सोही अनुरुप नेपालको सामुदायीक विधालयको अवस्था सुधार गर्न नेपाल सरकारले पनि नेपालको सबै ठाउमा केन्द्रिय विधालयको स्थापना गर्न सुझाव दिनु भयो । शिक्षाको क्षेत्रमा अहिले धेरै सुधार भएको बताउदै सांसद यादवले पहिला बालबालीकाहरुले स्कुल पढन् आउदा ओछयाएर बस्न घरबाटै बोरा ल्याउनु पर्ने अवस्था थियो अहिले स्कुलमा धेरै सुधार भएको बताउनु भयो । सामुदायीक विधालयको विग्रेको शिक्षाको स्तरलाई सुधार गर्ने तर्फ सरकारको निति रहेको बताउदै सांसद यादवले सोही निति अनुरुप अहिले सामुदायीक विधालयहरुमा सिसीटिभी क्यामेरा जडान भइरहेको बताउनु भयो । बालबालीकाहरु स्कुलमा पढिरहेका छन कि छैनन् शिक्षकहरु बालबालीकाहरुलाई पढाई रहेका छन कि छैनन् यही सब कारणले सामुदायीक विधालयको शिक्षाको स्तर सुधार गर्ने तर्फ सरकार अग्रसर रहेको बताउनु भयो ।

कार्यक्रममा समाजवादी पार्टीका नेता रामनरेश यादव,सुन्दर कुर्मी,नगर अध्यक्ष इश्वरचन्द्र यादव,महानगरका शिक्षा इकाई प्रमुख अरविन्दलाल कर्ण,मुकेश दिवेदी, वडा नम्बर १६ का वडा अध्यक्ष श्यामबाबु चौरसीया लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम विधालय व्यवस्थापन समितीका अध्यक्ष अरुण कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Back to top