×

वीरगंज १३ असार । वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले कमिस्नको सेटिङ्ग मिलेपछि सात दिनमा खर्च गर्नेगरी रु १ करोड ७० लाख विभिन्न विद्यालयमा पठाएको समाचार प्राप्त भएको छ ।

महानगरका मेयर सरावगीले आव २०७५–०७६ मा शिक्षा विकासको लागि रु २ करोड छुट्याएकोमा सो रकम आवको अन्तिम समय हिजो ३१ वटा विद्यालयमा पठाएको देखिन्छ ।

अधूरो भवन, बाउन्ड्री वाल, सेनेटरी प्याड, बायोमेट्रीलगायत काम गर्न सो रकम महानगरका मेयर सरावगीले विनियोजित गरेका थिए । चार महीना अघि शिक्षा महाशाखाले सम्बन्धित विद्यालयमा के काम गर्न सकिन्छ भनेर स्टिमेट तयार पारी फाइल लेखा शाखामा दिए तापनि चार महीनादेखि फाइल रोकेर राखिएको थियो ।

मेयर सरावगीसंगै रहेका आसेपासेहरूले कोटेशनमार्पmत सो काम गराउन दबाब दिंदै आएको तर सम्बन्धित विद्यालयले आपैm खर्च गर्ने र बाँकी हुने रकमले अन्य काम गर्ने विषयमा सहमति नजुटेपछि चार महीनादेखि फाइल रोकिएको थियो तर सेटिग मिलेपछि हिजो २ करोड ३१ वटा विद्यालयमा पठाएको देखिन्छ ।

रकम फ्रिज हुने अवस्थामा पुगेपछि एक साताको समयमा महानगरका मेयर सरावगीले सो रकम पठाएपछि समस्या भएको एक शिक्षकले बताए । ती शिक्षकका अनुसार सेनेटरी प्याड बनाउने मेशिनको लागि रु ३१ लाख महाशाखाले रोकेर राखेको छ । सीधा निकासा दिने रकमलाई पेश्की दिएर पुनः चलखेल भइरहेको उनको भनाइ छ ।

यस विषयमा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले छनोट भएका सम्बन्धित विद्यालयहरूबाट छलफल गरी आवश्यक पर्ने कामको विवरण र स्टिमेट समेत सिफारिश गरी सम्बन्धित ठाउँमा पठाएको तर फाइल किन रोकेको र हिजो पैसा पठाएको विषयमा आपूmलाई थाहा नभएको जानकारी दिए ।

Back to top