×

वीरगन्ज १० असार । पर्सा प्रहरीले माइस्थान स्थित रहेको के.पी.स्वर्णकला केन्द्रका संचालक कन्हैया प्रसाद सोनारले गरेको हुण्डी कारोबारमा समलग्न रहेको भन्दै उनको सुनचाँदी पसलबाट नगद ४१ लाख ९२ हजार ९ सय नगद सहित ८ जनालाई पक्राउ गरेको छ ।

हुण्डी कारोवार हुदै गरेको बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला पर्सा वीरगन्ज महानगरपालिका ६ माइस्थान स्थित कन्हैया प्रसाद सोनारले संचालन गरेको के.पी.स्वर्णकला केन्द्र सुनचाँदी पसल र सोही ज्वेलर्ससंगै टाँसिएको उनको पश्चिम तर्फको कोठाबाट अबैध रुपमा हुण्डी कारोवार गरि रहेको अवस्थामा नेपाली रुपैया रु ४१ लाख ९२ हजार ९ सय सहित उनीहरुलाई नियन्त्रण लिएको हो ।

प्रहरीले सो ठाउँबाट चाँदी जस्तो देखिने सेतो धातु २०९० ग्राम र कोठा भित्र रहेको अन्य कागजातहरु समेत फेला पारी बरामद गरेको जनाएको छ । सो क्रममा आन्तरिक राजश्व कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्तटोलीले उक्त पसल थप अनुसन्धानको लागी सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रौतहट चन्द्रपुर वडा नं.७ बस्ने बर्ष ३३ को बिनोद सुनार, जिल्ला पर्सा छिपहरमाई वडा नं.२ बस्ने बर्ष ३५ को राजकपुर साह, भारत विहार मोतिहारी जिल्ला पुर्वी चम्पारण बस्ने बर्ष ३६को सुनिल कुमार प्रसाद,जिल्ला पर्सा बीरगंज नं.१० बस्ने बर्ष २६ को चन्दन कुमार सर्राफ, जिल्ला पर्सा बीरगंज म.न.पा. वडा नं.६ बस्ने बर्ष ३७ को राकेश कुमार सिंह, भारत विहार मोतिहार जिल्ला नैनपुर बस्ने बर्ष ३५ को गुलाब साह, जिल्ला पर्सा विन्दवासिनी गापा वडा नं.२ बस्ने बर्ष २४ को सुजित कुमार साह र जिल्ला बारा परवानीपर गाप वडा नं.१ बुनियाद बस्ने बर्ष २९ को घनश्याम सर्राफ जिल्ला प्रहरी प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यता माइस्थान स्थित रहेको के.पी.स्वर्णकला केन्द्रका संचालक कन्हैया प्रसाद सोनार प्रहरीको सम्र्पक बाहीर रहेको प्रहरीले जनाएको छ ।

Back to top