सोनार कन्हैयाको पसलमा छापा ४१ लाख र चाँदी सहित ७ जना पक्राउ,हुण्डीको कारोबार हुनसक्ने आशंका !

1471

वीरगन्ज ९ असार । पर्सा प्रहरीले आज वीरगन्जको माईस्थान स्थित एक सुन पसलमा छापा मारेको छ । वीरगन्जको माईस्थान स्थित रहेको केपी स्वर्ण कला केन्द्रमा छपामारी गरि ठूलो परिमाणमा अवैध रकम र चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले बताएका छन ।वीरगन्जको माईस्थान स्थित रहेको केपी स्वर्ण कला केन्द्र कन्हैया प्रसाद सोनारको पसल रहेको र छापा मारिमा ४१ लाख ९२ हजार नगद र २ किलो ९ सय ग्राम चाँदी सहित ७ जना प्रहरीले पक्राउ परेका छन ।

पक्राउ पर्नेमा रौतहट चपुरका सुर्य बहादुर, बारा चैनपुरका गुलाब साह,पर्सा रामटोलका राकेश कुमार साह,बिन्दवासनीका सुजित कुमार र चन्दन साह छन भने भारत बिहार चेरगाहाका राजकपुर साह, मोतिहारीका सुनिल प्रसाद रहेका छन ।प्रहरीले अवैध रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरेको छ । केहि दिन देखि केपी स्वर्णकला केन्द कन्हैया प्रसाद सोनार भारत तिर गएकोले पक्राउ परेको ७ जना र नगद चाँदी जिल्ला प्रहरी कार्यालय पर्सामा लयाईएकोे छ भने केपी स्वर्णकला केन्द पसल अहिले सिल गरेको प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले बताएका छन ।