वीरगन्जको सडक दाया बाया २५ मिटर तोडेन लागेकोमा नेपाली काग्रेस पर्साले गरे विरोध

1791

बीरगंज ९ असार । वीरगंज महानगरवासीको सडक फराकिलो भएको हेर्ने चाहना अव पुरा हुने लागेकै बेला नेपाली काग्रेस पर्साले बिरोध जनाएको छ ।

पूर्ण मन्त्री एवं नेपाली काँग्रेसका नेता अजय चौरसियाले वीरगन्जको बाटो २५र२५ मिटर पराकिलो गर्न नहुने कुरामा जोड दिइएका छन् । सडक डिभिजन कार्यालयले वीरगन्जको सडक पनि २५र २५ मिटर दायाँ बायाँ पराकिलो गर्ने अन्तिम निर्णय गरे पछि नेता चौरसियाले कडा रोस प्रकट गरेका छन् । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलनको अयोजना गर्दै नेता चौरसियाले वीरगन्जको बाटो १५र १५ मिटर दायाँ बारा थप फराकिलो गरे प्रयाप्त हुने बताए ।
सरकारले १५र १५ मिटर बाटो तोडदा पनि निजि सम्पती अतिग्रहन हुने जग्गा धनीलाई मुअब्जा दिनु पर्ने चौरसियाले बताउँनु भयो । वीरगन्जसँग प्रयाप्त बैकल्पिक बाटो रहेको हुदा हुदै मुख्य सडक ६ लेनको गर्नुको कुनै तुक नरहेको नेता चौरसियाले पत्रकार सम्मेलन तर्क राखे ।



व्यापारिक मार्गको लागि आइसिपी भएर सिमरा सम्म ६ लेन बाटो रहेको त्यसै गरी वीरगन्जमा ४ लेनको वाईपास त्यसै अर्को सेकेण्ड वाईपास रहेको चर्चा गर्दै उनले बाटोलाई १५र १५ मिटर मात्र पराकिलो गर्ने निर्णय हुन पर्ने त्यसै गरी निजि जग्गा अतिग्रहन गर्दा त्यसको सरकारले उचित मुअब्जाको व्यवस्था मिलाउँनु पर्ने चौरसियाले बताउनु भयो । बाटो फुटाउँनु सरकारले बल प्रयोग गरे जनता अन्दोलनमा उत्रिने नेता चौरसियाले ठोकुवा गर्नु भयो ।

अर्को प्रसंगमा केन्द्रिय सदस्य चौरसियाले वर्तमान सरकार लोकतन्त्र  तथा प्रेस बिरोधी रहेको बताए । उनले सरकारले संबिधानमा नै व्यवस्था रहेको कुरालाई पनि लत्याएर अगाडी बढन खाजेको तथा हत्या,बालत्कारी,गुण्डाहरुलाई बचाउँन समयन्त्र खडा गरेको आरोप लगाउनु भयो ।

कार्यक्रममा सांसद अनिल रुंगटा, पत्रकार महासंघ प्रदेश नम्वर २ का अध्यक्ष दिपेंद्र चौहान, प्रदेशसभा सदस्य राजेश्वर साह तेली, ओमप्रकाश शर्मा, प्रसागढ़ीका मेयर लोकनारायन यादव, बहादुर माई नगरपालिकाका मेयर नितेन्द्र साह लगायतको उपस्थीती रहेको थियो ।

यता वीरगंज सडकको वीच सेन्टरबाट दाया बाया २५ २५ मिटर सडक फराकिलो पार्न घर टहरा १५ दिने भित्र आफैले नभतकाए घर टहरा सडक बिभागले भतकाए भतकाएबापतको लाग्ने खर्च ऐनको दफा २१ ब्मोजिम घर धनीसंग असुल उपर गर्ने भएको छ ।

बीरगंजलाई आधुनीक शहरको रुपमा हेर्न चाहनेहरुले त्रिभूवन राजपथ सडकको वीच सेन्टरबाट दाया बाया २५ २५ मिटर चौडा गर्ने १५ दिने सूचना शनिवार जारी भएपछि बीरगंजको स्वरुपमा परिर्वतनको सपान देख्नेहरु खुशी भएका छन ।

२०३१ सालमा बनेको सार्वजनीक सडक ऐनले सडकको परिभाषा गर्दै त्यसले चर्चने जग्गाको सडकको दाया बायाको क्षेत्रफलको बारेमा पनि काूननी ब्यवस्था गरेको छ । ऐन अनुसार त्रिभून राजपथको बीच सेन्टरबाट दाँया वाँया २५ २५ मिटर सडकको हकभोग वाला जमिन हो ।

सोही कानूनको दफा १९ मा स्वीकृति नलिई सार्वजनिक सडक वा सडक सीमामा कुनै किसिमको काम गर्न नहुने उल्लेख छ । सोही ऐनको दफा २१ मा घर टहरा वा अन्य संरचना हटाउदा सडक बिभागको लाग्ने खर्च समेत सरोकारवाल ब्यक्तिसंग बाट असुल उपर गर्न सक्ने ब्यवस्था रहेको छ ।

तराईलाई संघीय राजधानीसँग जोड्ने त्रिभुवन राजपथअन्तर्गत बीरगंज दामेचौर सडक खण्डामा २५र२५ मिटर सडक फराकिलो बनाइने भएको छ ।

सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले सडक डिभिजन हेटौंडामार्फत राजमार्ग विस्तारका लागि १५ दिने अल्टिमेटमसहित सूचना जारी गरेको छ।

कार्यालयले महेन्द्र राजमार्गको धन्सार पुल ९बारा०देखि लोथर ९मकवानपुर०सम्म तथा त्रिभुवन राजपथको वीरगञ्ज भन्सार ९पर्सा० देखि दामेचौर ९मकवानपुर० सम्मको राजमार्ग र राजपथको दायाँ र बायाँ २५र२५ मिटर सडक अतिक्रमण गरी बनाइउका घर टहरा, छाप्रो, मन्दिर लगायतको संरचना हटाउन आग्रह गरेको हो।

विभागले असार ७ गते शनिबारको मितिले १५ दिनभित्र संरचना हटाउन आदेश दिएको छ।

यसअघि विभागले विभिन्न मितिमा राष्ट्रिय दैनिक पत्रिकामा पटक पटक सूचना प्रकाशित गर्दै त्रिभुवन राजपथको वीरगञ्ज भन्सार ९पर्सा० देखि दामेचौर ९मकवानपुर० सम्मको राजपथको दाँया र बाँया २५र २५ मिटर सडक अतिक्रमण गरी बनाइएको घर टहरा, छाप्रो, मन्दिर लगायतको संरचना हटाउन आग्रह गरेको थियो।

त्रिभूवनव राजमार्ग बि।स। २०१३ मा भारत सरकारको सहयोगमा तयार भएको हो । राजा त्रिभूवनको सम्झनामा राजमार्गको नाम त्रिभूवन राजपथ राखिएको हो । त्यतीबेला मुलुकमा सडक सम्बन्धी ऐन थिएन ।

पछिल्लो समय ब्यक्तिले त्यसलाइए अतिक्रमण गरेर संरचनाहरु निर्माण गरेका छन । बिभागले त्यही संरचना भत्काएर सडक फराकिलो बनाउने प्रयोजनकोलागि सूचना प्रकाशीत गरेको हो ।

सार्वजनीक सडक ऐन २०३१ को दफा ३ मा सार्वजनिक सडकहरूको वर्गीकरण तथा तिनको सडक सीमा, नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक सडकलाई राजमार्ग,सहायक मार्ग, जिल्ला मार्ग, र शहरी मार्गमा वर्गीकरण गरी त्यस्तो सडकको केन्द्र रेखादेखि दायाँ बायाँ दुवैतिर एकतीस मीटरमा नबढाई सडक सीमा तोक्नेछ ।

तर एकै किसिमको सडकको सम्पूर्ण लम्बाईमा पनि भौगोलिक स्थिति ९टोपोग्राफी० र बस्तीको कारण त्यस्तो सडक सीमा कम वेग गर्न वा पुल तथा पुलको वरपर नदीको तटवन्ध सुरक्षाको लागि चार किल्ला समेत खोली आवश्यक सीमा तोक्न सक्ने उल्लेख ।

नेपाली कांग्रेस पत्रकार सम्मेलन

Madhya Nepal ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಭಾನುವಾರ, ಜೂನ್ 23, 2019