वीरगन्जको सडक दाया बाया २५ मिटर तोडेन लागेकोमा सांसद प्रदिप यादवले गरे विरोध

2126

वीरगन्ज ९ असार । वीरगंज महानगरवासीको सडक फराकिलो भएको हेर्ने चाहना अव पुरा हुने लागेकै बेला समावादी पार्टीका पर्सा जिल्ला अध्यक्ष एवम सघीय सभाका सांसद प्रदिप यादवले बिरोध जनाएको छ ।

सघीय सभाका सांसद प्रदिप यादवले वीरगन्जको बाटो २५ र २५ मिटर पराकिलो गर्न नहुने कुरामा जोड दिइएका छन् । सडक डिभिजन कार्यालयले वीरगन्जको सडक पनि २५ र २५ मिटर दायाँ बायाँ पराकिलो गर्ने अन्तिम निर्णय गरे पछि सघीय सभाका सांसद प्रदिप यादवले कडा रोस प्रकट गरेका छन् ।



समावादी पार्टीका पर्सा जिल्ला अध्यक्ष एवम सघीय सभाका सांसद प्रदिप यादवले वीरगन्जको मुख्य सडकबारेमा महानगरपालिकाले गरेको निर्णय सहिभएको बताउदै त्यसैलाई संघीय सरकारले लागु गर्नुपर्ने बताउनु भएको छ ।

वीरगन्ज महानगरपालिकाको पांचौ नगरसभालाई सम्बोधन गर्दै सांसद यादवले वीरगन्जको मुख्य सडक १५ मिटर भन्दा वढी टुटनु हुदैन बताउदै उहाले संघीय सरकारसंग यस सडकको बारेमा कुनै बजेट नभएपनि सडक बिभागले सुचना निकालेर वीरगन्जासीलाई तर्साउन कार्य मात्र गरेको बताउनु भएको छ । उहाले पार्टी स्वार्थबाट माथी उठेर वीरगन्जको विकासमा सबै जनप्रतिनिधिहरुलाई एकवद्धताका साथ लाग्न अनुरोध समेत गर्नुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै , प्रदेश सभा प्रतिनिधी ओमप्रकास शर्मा, करिमा बेगम, भिमा यादव लगायतका वक्ताहरुले महानगरपालिकाले प्रस्तुत गरेको बजेट धेरै राम्रो भएको बताउदै यसको कार्यान्वयनमा जोड दिनु मुख्य आवश्यकता भएको बताउनु भएको थियो ।

यता वीरगंज सडकको वीच सेन्टरबाट दाया बाया २५ २५ मिटर सडक फराकिलो पार्न घर टहरा १५ दिने भित्र आफैले नभतकाए घर टहरा सडक बिभागले भतकाए भतकाएबापतको लाग्ने खर्च ऐनको दफा २१ ब्मोजिम घर धनीसंग असुल उपर गर्ने भएको छ ।

बीरगंजलाई आधुनीक शहरको रुपमा हेर्न चाहनेहरुले त्रिभूवन राजपथ सडकको वीच सेन्टरबाट दाया बाया २५ २५ मिटर चौडा गर्ने १५ दिने सूचना शनिवार जारी भएपछि बीरगंजको स्वरुपमा परिर्वतनको सपान देख्नेहरु खुशी भएका छन ।

२०३१ सालमा बनेको सार्वजनीक सडक ऐनले सडकको परिभाषा गर्दै त्यसले चर्चने जग्गाको सडकको दाया बायाको क्षेत्रफलको बारेमा पनि काूननी ब्यवस्था गरेको छ । ऐन अनुसार त्रिभून राजपथको बीच सेन्टरबाट दाँया वाँया २५ २५ मिटर सडकको हकभोग वाला जमिन हो ।

सोही कानूनको दफा १९ मा स्वीकृति नलिई सार्वजनिक सडक वा सडक सीमामा कुनै किसिमको काम गर्न नहुने उल्लेख छ । सोही ऐनको दफा २१ मा घर टहरा वा अन्य संरचना हटाउदा सडक बिभागको लाग्ने खर्च समेत सरोकारवाल ब्यक्तिसंग बाट असुल उपर गर्न सक्ने ब्यवस्था रहेको छ ।

तराईलाई संघीय राजधानीसँग जोड्ने त्रिभुवन राजपथअन्तर्गत बीरगंज दामेचौर सडक खण्डामा २५र२५ मिटर सडक फराकिलो बनाइने भएको छ ।

सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले सडक डिभिजन हेटौंडामार्फत राजमार्ग विस्तारका लागि १५ दिने अल्टिमेटमसहित सूचना जारी गरेको छ।

कार्यालयले महेन्द्र राजमार्गको धन्सार पुल ९बारा०देखि लोथर ९मकवानपुर०सम्म तथा त्रिभुवन राजपथको वीरगञ्ज भन्सार ९पर्सा० देखि दामेचौर ९मकवानपुर० सम्मको राजमार्ग र राजपथको दायाँ र बायाँ २५र२५ मिटर सडक अतिक्रमण गरी बनाइउका घर टहरा, छाप्रो, मन्दिर लगायतको संरचना हटाउन आग्रह गरेको हो।

विभागले असार ७ गते शनिबारको मितिले १५ दिनभित्र संरचना हटाउन आदेश दिएको छ।

यसअघि विभागले विभिन्न मितिमा राष्ट्रिय दैनिक पत्रिकामा पटक पटक सूचना प्रकाशित गर्दै त्रिभुवन राजपथको वीरगञ्ज भन्सार ९पर्सा० देखि दामेचौर ९मकवानपुर० सम्मको राजपथको दाँया र बाँया २५र २५ मिटर सडक अतिक्रमण गरी बनाइएको घर टहरा, छाप्रो, मन्दिर लगायतको संरचना हटाउन आग्रह गरेको थियो।

त्रिभूवनव राजमार्ग बि।स। २०१३ मा भारत सरकारको सहयोगमा तयार भएको हो । राजा त्रिभूवनको सम्झनामा राजमार्गको नाम त्रिभूवन राजपथ राखिएको हो । त्यतीबेला मुलुकमा सडक सम्बन्धी ऐन थिएन ।

पछिल्लो समय ब्यक्तिले त्यसलाइए अतिक्रमण गरेर संरचनाहरु निर्माण गरेका छन । बिभागले त्यही संरचना भत्काएर सडक फराकिलो बनाउने प्रयोजनकोलागि सूचना प्रकाशीत गरेको हो ।

सार्वजनीक सडक ऐन २०३१ को दफा ३ मा सार्वजनिक सडकहरूको वर्गीकरण तथा तिनको सडक सीमा, नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक सडकलाई राजमार्ग,सहायक मार्ग, जिल्ला मार्ग, र शहरी मार्गमा वर्गीकरण गरी त्यस्तो सडकको केन्द्र रेखादेखि दायाँ बायाँ दुवैतिर एकतीस मीटरमा नबढाई सडक सीमा तोक्नेछ ।

तर एकै किसिमको सडकको सम्पूर्ण लम्बाईमा पनि भौगोलिक स्थिति ९टोपोग्राफी० र बस्तीको कारण त्यस्तो सडक सीमा कम वेग गर्न वा पुल तथा पुलको वरपर नदीको तटवन्ध सुरक्षाको लागि चार किल्ला समेत खोली आवश्यक सीमा तोक्न सक्ने उल्लेख ।