×

वीरगञ्ज ३ असार । नेपाल सोनार समाज पर्साले वीरगञ्जको आर्दशनगरस्थित जनजाती कल्याण आश्रम नेपालको संरक्षणमा रहेको आमाको मायाको छात्रावासमा एक कार्यक्रमको बीच लत्ताकपडा वितरण गरेको छ । समाजप्रति उत्तरदायित्वको भुमिका निर्वाह गर्ने क्रममा छात्रावासमा बस्दै आएका २२ जना छात्राहरुलाई एकएक सेट कपडा वितरण गरेको हो ।

समाजले छात्रावास परिसरमा आयोजना गरेको औपचारिक कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले छात्राहरुलाई कपडा वितरण गरेर उद्घाटन गरेका थिए । कार्यक्रममा प्रहरी उपरिक्षक राठौरले आमाको मायाको छात्रावासमा रहेका छात्राहरुको भविष्य प्रति देखाएको योगदान सराहनीय रहेको बताए ।

कार्यक्रममा जनकल्याण आश्रम नेपालका अध्यक्ष सुरेश रुगंटाले नेपालभरी ११ स्थानमा सञ्चालित आमाको मायाको छात्रावासमा हाल २ सय ७५ जना जनजाति र अति पिछिडिएका वर्गका छात्राहरु आश्रय लिएको बताउँदै उनीहरुको विकासमा समाजको सहयोग अपरिहार्य रहेको बताए ।

सुनचाँदी ब्यसाय संघ पर्साका उपाध्यक्ष भुलन सर्राफले समाजको विकासको लागि सोनार समाज पर्साले सधै अगाडी बढ्ने प्रतिबद्धता जनाए । उनले भने, समाजमा रहेको असाय, पिछिडिएका समुदायलगायतको उत्थानमा समाज दृढताका साथ अगाडी बढ्दै समाजमा आफ्नो छुट्टै पहिचान बनाउनुको साथै समाजमा अतुलनीय योगदान गर्ने अभिभाराका साथ प्रतिबद्ध छौ ।

कार्यक्रममा समाजका अगुवा एवं वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार, जनजाति कल्याण आश्रमका कोषाध्यक्ष मनोज अग्रवाल, नेपाली कांग्रेस पर्साका क्षेत्रिय सभापती एवं समाजका अगुवा विजय सर्राफ, काँग्रेसका महिला नेतृ राधाकार्की, हृदयनारायण सर्राफ, अनिल सर्राफ, विनोद सर्राफ, प्रदेश २ का बाँडी बिल्डिङ्ग च्याम्पीय शिपका विजेता श्रीराम सर्राफ, पुजा देवी, लक्ष्मण सर्राफलगायतको सहभागिता रहेको थियो ।

Back to top