चिरन्जीबी अर्चाय,अजय द्विवेदी,सुन्दर कुर्मी र निजामुद्दीनले अनावश्यक बखेडा खडा गर्दैछन-मेयर सरावगी

922

वीरगंज, ३० जेठ । वीरगंज महानगर–६ आदर्शनगरस्थित हजारीमल धर्मशाला सम्बन्धमा नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी, राजपाका नेताहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएका छन् ।

नेकपाका चिरन्जीबी अर्चाय, नेकाका अजय द्विवेदी, समाजवादी पार्टीका सुन्दर कुर्मी, राजपाका निजामुद्दीन समानीलगायतको सहभागितामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापन बुझाइएको थियो ।



ज्ञापनमा हजारीमल धर्मशाला तोडफोड भइरहेको सन्दर्भमा आपूmहरूको गम्भीर ध्यानाकर्षण रहेको भन्दै तोडफोडको कारण र प्रयोजनबारे सोधखोज गर्न आग्रह गरिएको छ ।

यता मेयर सरावगीले भने हजारीमल धर्मशाला वैधानिकरूपमा ट्रस्टको रूपमा दर्ता भएको बताए । उनले जिल्ला प्रशासनमैं ट्रस्ट दर्ता भइसकेको हजारीमल धर्मशालाको सम्बन्धमा नेकपाका चिरन्जीबी अर्चाय, नेकाका अजय द्विवेदी, समाजवादी पार्टीका सुन्दर कुर्मी, राजपाका निजामुद्दीन समानीले अनावश्यक बखेडा गरेको आरोप लगाएका छन् ।

धर्मशालाको वर्तमान अवस्था, स्वामित्व र अन्य पक्षबारे जिल्ला प्रशासन कार्यालय, पर्सामा रहेको कागजात निर्णयहरू उपलब्ध गराउनसमेत माग गरिएको छ । यसैगरी हजारीमल धर्मशालालाई नेपाल सरकारको स्वामित्वमा लिनको लागि आवश्यक कारबाई गर्न पनि माग गरिएको छ ।

ज्ञापन बुझ्दै प्रजिअ भट्टराईले धर्मशाला सम्बन्धमा स्वामित्वमा लिनुपर्ने आवश्यक कागज प्रमाणहरू उपलब्ध गराइए राजनीतिक दलहरूले उठाएका कुरा अगाडि बढाउने बताए । उनले सरकारको नीति पनि सार्वजनिक जग्गाको संरक्षण गर्ने रहेको भन्दै धर्मशाला सम्बन्धमा छानबीन समिति बनिसकेको र त्यसले आगामी दिनमा काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

हजारीमल धर्मशालाको सम्बन्धमा नेका, पर्साले सर्वप्रथम कुरा उठान गरेको थियो । केही महीना पहिले नेकाले हजारीमल धर्मशालाको सम्बन्धमा पत्रकार सम्मेलन गरी त्यसको वैधानिकता खोजी गरेपनि हालको दिनमा नेका चुप थियो ।

नेका पर्साका सभापति अजय द्विवेदीले हजारीमल धर्मशालाबारे नेकाले कुरा उठान गरेको र त्यसको वैज्ञानिक खोजी सम्बन्धित निकाय जिल्ला प्रशासन र महानगरपालिकाले गर्नुपर्ने बताए ।

झण्डै ७० बर्षको इतिहास बोकेको आदर्शनगर टाउन प्लान भन्दा अगाडी निर्माण भएको हजारी मल धर्मशालालाई पहिलो मधेश आन्दोलनको मौका छोपी २०६४ असोज ३ गते जिल्ला प्रशासन कार्यालयमा हजारी मेल सेवा ट्रष्ट दर्ता गरेर हजारी मल स्मृति भवन तथा धर्मशालाको चल अचल सम्पति हडप्ने षडयन्त्र भएको छ ।

तत्कालिन अवस्थामा वीरगज ७ निवासी रामकृष्ण अग्रवाल ट्रष्टको संरक्षक अध्यक्ष, नारायण अग्रवाल महासचिव, जगदीश अग्रवाल कोषाध्यक्ष, अर्चना कुमारी सरावगी सदस्य, अनिता अग्रवाल सदस्य रहने गरी ट्रष्टको कार्य समिति गठन गर्नुका साथै सोको साक्षीको रुपमा शंकर लाल सरावगी, आशिक सरावगी, सुरभी सरावगी, मुकेश सरावगी र अनुप सरावगी बसेर संस्था दर्ता गरिएको अभिलेख जिल्ला प्रशासन कार्यालयबाट भेटिएको छ ।

यता मालपोत कार्यालयको अभिलेख अनुसार हजारी मल स्मृति भवनको नाममा लालपुर्जा रहेको र सो जग्गा तथा भवनको हक हस्तान्तरण र धरौटी समेत राख्न नसक्ने गरी रजिष्टेशन पास भएको देखिएको छ ।

अर्बौका सार्वजनिक जग्गा हडपने लागेको देखदा पनि पर्साका सासद मेयर देखी विधायक सम्म चुप रहेका छन । विगतमा सस्तो मुल्य भए पनि अहिले सो जग्गा ५० करोड भन्दा बढी मुल्यको भएपछि सुनियोजित रुपमा ट्रष्टको नाममा जग्गा हडप्ने दाउमा भूमाफिया लागेको र भूमाफियालाई नगर प्रमुख विजय सरावगीको संरक्षण रहेको भेटिएको छ ।

अत्यन्त जिर्ण अवस्थामा रहेको हजारी मल धर्मशालालाई तल पार्किङ्ग स्थल र माथि सपिङ्ग सेन्टर बनाउने भन्दै धर्मशालाका काठ, इटा, हटाउन थालेपछि सोको बारेमा खोजी शुरु भएको हो । उनले महानगरपालिकाका मेयर विजय सरावगी यस सम्बन्ध चुप बस्नु र प्रशासनले पनि खोजीनीति नगर्नु दुःखद भएको बताएका छन् ।