नेपाली कांग्रेस पर्साका नेता जागरण अभियानमा,मेयर नितेन्द्र साह मालकमाउ अभियान !

624

वीरगंज २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर एकसाथ राष्ट्रिय जागरण अभियान शुरु गरेको छ । सोही अनरुप नेपाली कांग्रेस पसार्का नेता तथा कार्यकर्ताहरुले पनि पर्सामा एकसाथ राष्ट्रिय जागरण अभियान शुरु गरेकै बेला नेपाली कांग्रेसको टिकटबाट निर्वाचित बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहले मालकमाउ अभियानमा लागिपरेका छन । जस्को उधारणहोे बहुदरमाई नगरपालिकामा सौर्य बत्ति जडानमा नितेन्द्र साहले गरेको लाखौको हिनामिना ।

बहुदरमाई नगरपालिकाका मेयरसाह र कार्यकारी अधिकृत कृष प्रसाद चापागाईको मिलोमतोमा व्यापक भ्रष्टाचार भईरहेको समाचार प्राप्त हुन आएको छ । मेयर नितेन्द्रले राजनितिक व्यक्ति नभई जग्गाको पल्टर भए पनि सो नगरपालिकाको जनतालाई लोभलालचमा पार्दै मेयर बनेका हुन् ।



उनको लोभलालचमा परेका जनताले हाल टाउकोमा हात राख्दै पश्चताउनु बाहेक कुनै बिकल्प नरहेको जानकारहरु बताउदछन् । उनको एउटै निशाना छ, “एनी हाउ पैसा कमाउ” अभियानमा लागेका मेयरले भ्रष्टाचारी कार्यकारी अधिकृत चापागाईलाई पाएर उनकै सहयोगमा भरमग्दुर कमिशनतन्त्रको लुट मच्चाएको जानिफकारहरुको भनाई रहेको छ ।

सो नगरपालिकामा विकासको काम देखि लिएर लक्षित वर्गको काम सम्म कुनै पनि काममा मेयर र कार्यकारी अधिकृतले तोकिएको कमिशन नलिई सो कामको फर्छौट नगर्ने गरेको स्रोतले जनाएको छ ।

भर्खरै मात्र सो नगरपालिकामा सौर्य बत्ति जडानको काम उपभोक्ता समिति बनाई करिब ४० लाखको लागतमा सो कार्य गराईएको थियो । सो काम टेन्डर निकालेर खुल्ला प्रतिस्पर्धा गराई विश्वसनिय कम्पनिबाट गराउनु पर्नेमा मेयर नितेन्द्र र कार्यकारी अधिकृत चापागाईको मिलोमतोमा गुपचुपमा उपभोक्ता समिति बनाई कम दरको समानलाई प्राविधिक ईन्जिनियरबाट बढी मुल्यांकन गराई भुक्तानी गरेको र लाखौ हिनामिना गरिएको समाचार स्रोतको कथन रहेको छ ।