×

वीरगञ्ज, २९ जेठ । वीरगन्ज नरायणी अस्पतालमा वीरगन्ज सोनार समाज पर्साद्वारा राहत सरुप बिरामीहरुलाई फलफुल वितरण गरेका छ ।बुधबार वीरगन्ज नारायणी अस्पतालमा रहेका विरामीहरुलाई १५० पोका फलफुल तथा पानीको बोतल वितरण गरेका हो ।

पर्सा सुनचाँदी ब्यसाय संघका उपाध्यक्ष भुलन सर्राफको सहयोग र सक्रियतामा वीरगन्ज नरायणी अस्पतालमा रहेका १५० जना बिरामीहरुलाई राहत सरुप फलफुल तथा पानीको बोतल वितरण गरिएको हो ।वीरगन्ज नरायणी अस्पतालमा रहेका बिरामीहरुलाई राहत सरुप फलफुल वितरण कार्यक्रममा पर्सा सुनचाँदी ब्यसाय संघका अध्यक्ष निरज सर्राफ, नेपाली काग्रेसका युवा नेता विजय सर्राफ,पर्सा सुनचाँदी ब्यसाय संघका महा सचिव प्रवेज सर्राफ, वडा अध्यक्ष बैजु सर्राफ लगायत चिकित्सक वर्ग, समाजसेवी, पत्रकारलगायतको भव्य सहभागिता रहेको थियो ।

Back to top