भ्रष्टाचार र अपराधविरुद्ध लड्ने विराज यादव अहिले उनि आफै भ्रष्टाचार र अपराध गरेको प्रमाण फेला !

1362

वीरगन्ज २९ जेठ । भ्रष्टाचार र अपराधविरुद्ध अरुलाई लड्ने जागरुप गराउने ‘मिसन नेपाल’ नामक संस्था पर्साका अध्यक्ष विराज यादव आफै भ्रष्टाचार र अपराध गरेको प्रमाण फेला परेको छ ।

मिसन नेपाल पर्साका अध्यक्ष यादवले अनुमतिबिनै धम्कीको भरमा स्कुल सञ्चालन गर्दै आएको प्रमाण फेला पारेको छ । उच्च कक्षा संचालनको अनुमतिबिनै सयौं विद्यार्थीको भविष्य उनले अन्धकार बनाइ रहेका छन् । उच्च कक्षा संचालनको अनुमतिबिनै सयौं विद्यार्थीको भविष्य उनले अन्धकार बनाई उनि अपराध गरेका छन् ।



यादवले वीरगन्ज ३ प्रगतिनगरमा सञ्चालन गरेको सूर्योदय इंग्लिस बोर्डिङ स्कुल प्रालिले बिनाअनुमति कक्षा ८ सम्म सञ्चालन गरिहेको भेटिएको छ । स्कुलले गत आर्थिक वर्षमा कक्षा ३ सम्म मात्र पठनपाठनको अनुमति पाएको थियो ।

सुरुमा कक्षा २ सम्म मात्र पठनपाठनको अनुमति पाएको उक्त स्कुलले गत आर्थिक वर्षमा वीरगन्ज महानगरपालिकाको शिक्षा नियमावली २०७४ को निमय ४ बमोजिम पूर्वाधार पूरा गरेको भन्दै कक्षा तीनसम्म सञ्चालनको अनुमति पाएको थियो । तत्कालीन शिक्षा शाखा अधिकृत मन्जुर आलमले स्कुललाई पठनपाठनको अनुमति दिएका थिए ।

तर स्कुलले गत वर्षदेखि कक्षा ८ सम्म नै पढाउँदै आएको छ । विद्यालयमा अनुगमन गर्न गएका शिक्षा महाशाखाका प्रतिनिधिलाई उल्टै ‘मिसन नेपाल’ पर्साको अध्यक्ष हुँ भनी धम्क्याएर पठाउने गरेको खुल्न आएको छ ।

अनुगमनमा गएका महानगरका शिक्षा महाशाखाका प्रतिनिधि सन्तोष साहले भने, ‘उहाँले बढी फुर्ती नदेखाऊ म मिसन नेपालको अध्यक्ष हुँ भने,’ उनले थपे, ‘खल्तीमा १० हजार रुपैयाँ राखेर अख्तियार बोलाएर फसाइदिने धम्की दिए ।’ साहले यादवको धम्कीलाई चुनौती दिँदै अनुगमन क्रममा कक्षा ३ बाहेक अन्य सञ्चालन गरेको कक्षाको हाजिरीसमेत नियन्त्रणमा लिन सफल भएका थिए ।

अध्यक्ष यादवले अटेर गरेपछि वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले सूर्योदय इंग्लिस बोर्डिङ स्कुलका सञ्चालकलाई अनुमतिबिना किन पठनपाठन गराएको भन्दै लिखित जवाफसहित उपस्थित हुन पत्रसमेत काटेका थिए ।

शिक्षा महाशाखाका प्रमुख कर्णले २०७५ माघ १० गते स्कुललाई लिखित जवाफसहित उपस्थित हुन पत्रचार गरेपछि उनले अटेर गर्दै १४ दिनपछि अर्थात २०७५ माघ २४ गते लिखित जवाफसहित उपस्थित भएका थिए । अध्यक्ष यादवले शिक्षा महाशाखामा बुझाएको लिखित जवाफमै आफूले कक्षा ३ भन्दा बढी कक्षा सञ्चालन गरेको स्वीकार गरेका छन् ।

उनले पत्रमा अभिभावकको आग्रहमा अनुमति लिएको उल्लेख गरेका छन् । साथै थप कक्षासमेत सञ्चालन गर्न प्रयासरत रहेको उक्त पत्रमा लेखे पनि अगामी आर्थिक बर्षदेखि अनुमतिबेगर कक्षा सञ्चालन नगर्ने प्रतिबद्धतासहित आफू उपस्थित भएको उनले बताएका छन् ।

स्रोतका अनुसार शिक्षा महाशाखाले आर्थिक लेनदेनमा यादवलाई कारवाही गरेको छैन । मिसन नेपालको नाममा अध्यक्ष यादवले शिक्षा महाशाखालाई आर्थिक प्रभावमा पारेको र कारवाहीबाट उम्किन खोजेको उनीमाथि आरोप लाग्न थालेको छ । अरुलाई भ्रष्टाचार विरुध लडने पाट सिकाउने ‘मिसन नेपाल’ नामक संस्था पर्साका अध्यक्ष यादव अहिले आफै शिक्षा महाशाखाका प्रमुख कर्णदाई फुलपान चढाएर कुरा मिलाएका छन ।

यस विषयमा शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णसँग जिज्ञासा राख्न खोज्दा सम्पर्क हुन सकेन । स्थानीय तहको पुनर्संरचनापछि विद्यालय निरीक्षण र कारबाही गर्ने अधिकार स्थानीय तहमा गएकाले यस्ताखाले समस्या देखिन थालेको स्थानीय बुद्धिजीवीहरु बताउँछन् । ‘मिसन नेपाल’ नामक संस्था खडा गरी भ्रष्टाचार र अपराधविरुद्ध लड्ने संस्थाका पदाधिकारी कत्तिको नैतिकवान् छन् त यसबाट पुष्टि भएको छ ।