किसानको उत्पादन धान,गेहु,मकै,उखु लगायत बस्तुको मुल्य बढाउन सांसद यादवको माँग

165

वीरगञ्ज,२९ जेष्ठ । समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले नेपाललाई कृषी प्रधान देश भनिएपनि कृषी क्षेत्रलाई फाइदा पुग्ने खालको बजेट नआएको गुनासो गर्नु भएको छ ।

संसदमा वन मन्त्रालय, कृषी मन्त्रालय र महिला तथा बालबालीका मन्त्रालयद्वारा विनियोजित बजेट २०७६ माथी छलफलमा बोल्दै सांसद यादवले किशानलाई कृषी क्षेत्रलाई छुटयाइएको बजेटले किशानलाई निरास बनाएको बताउनु भयो ।



वर्षै पिछे कृषकलाई चाहिने रसायनिक मल विउहरुको भाउ बढेको बढयै छ तर कृषकले उत्पादन गरेको धान,गहु,मकै,उखु लगाएत वस्तुको भाउ कहिले पनि नबढने गरेकोले किशानलाई फाइदा पुग्ने गरी किशानले उत्पादन गरेको बस्तुहरुको भाउ बढाउन आग्रह गर्नु भयो ।

शहरी उत्थान विकाश कार्यक्रम ल्याइएको छ तर शहरी उत्थानले मात्र पुग्दैन गाउ हरित उत्थान विकाश कार्यक्रम ल्याउन पनि आग्रह गर्नु भयो । सांसद यादवले भने अहिले जतात्तै वन विकाश हैन वन विनास भइरहेको छ, बाहीर बाट हेर्दा हरियो देखिन्छ तर भित्र भित्र फडानि भइरहेको छ ।

जंगल वरपर र भित्र वस्ती बसाइएको छ,त्याहा स्थानीयहरु वन रक्षकहरु संग मिलेर वन फडानी गरि रहेका छन त्यसकारण बन फडानी रोक्न सरकारले विषेश योजना ल्याउन आग्रह गर्नु भयो ।