×

बारा २८ जेठ । बारा प्रहरीले भारत तथा नेपालका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी किनबेच गर्ने पाँच जना गिरोहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिम्रौनगढ नगरपालिकाका–८ का १९ वर्षीय श्याम सुन्दर यादव, १८ वर्षीय गुलसन प्रसाद यादव र बारागढी गाउँपालिका–२ का २० वर्षीय सुरेश मुखिया बिन रहेका छन् ।

यस्तै बारागढी गाउँपालिका–२ मलाही टोल बस्ने १८ वर्षीय धर्मेन्द्र मुखिया बिन र सोही ठाउँका १९ वर्षीय नन्दकिशोर सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सानुराम भट्टराईले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई बारागढी गाउँपालिका–२ दौरवा मठबाट पक्राउ गरिएको एसपी भट्टराईले बताए ।

पक्राउ परेकाहरुको साथबाट दुईवटा चोरीको मोटरसाइकल समेत बरामद भएको छ । अनटेष्ट आरटिआर अपाची मोटरसाईकल थान–१ र बीआर ०५ आर ७५३८ नम्बरको सुपर स्पलेण्डर बरामद भएको हो । पक्राउ परेका उनीहरुमाथि चोरी मुद्दामा अदालतबाट ५ दिनको म्याद थपी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top