×

वीरगन्ज २८ जेठ । नेपाली काँग्रेस सशक्त रुपमा सडक आन्दोलनमा उत्रिने भएको छ ।

वीरगंज महानगरकी उप–मेयर सुश्री शान्ति कार्कीले वीरगंजका मेयर विजय कुमार सरावगीले महानगरमा एकलौटी तानाशाही साम्राज्य स्थापना गरिरहेको आरोप लगाउनु भएको छ ।

उपमेयर सुश्री कार्कीले भन्नु भयो, “कर निर्धारण समितिमा म पनि छु, तर जनताको अत्यधिक मतबाट विजयी प्रतिनिधि भएकी म उप मेयरलाई नगर प्रमुख सरावगीले बेवास्ता गर्दै बहुमतको दम्भमा आफूखुशी तानाशाही रुपमा कर बढाउने, थोपर्ने निर्णय गरिरहेका छन् । महानगरका हजारौं जनताको मत प्राप्त गरि उप मेयर पदमा विजयी भएको हेक्का नराखी मेयर सरावगीले जथाभावी निर्णय गर्ने, जनतालाई अप्ठेरोमा पार्ने गरी कर वृद्धि गर्न थालेको हुँदा नेपाली काँग्रेस बाध्य भएर जनताको बिचमा आएर हस्ताक्षर अभियानको थालनी गरेको र अब आन्दोलनमा जाने बताउनु भयो ।

त्यस्तै नेपाली काँग्रेस पर्साकी महासमिति सदस्य उत्तमा प्याकुरेलले जनताको भावनाविपरित तेहरो कर लाद्ने निर्णय गरेर महानगरपालिकाले जन विरोधी कार्य गरेको हुँदा त्यसमाथि पुनर्विचार गर्न दबाव दिने उद्देश्यले आयोजित हस्ताक्षर अभियान र आन्दोलमा सम्पूर्ण वीरगंजबासी एकवद्ध भई लागेको बताउनु भयो ।

त्यसैगरी नेपाली काँग्रेस महिला संघ पर्साकी पूर्व सभापति एवं जिल्ला सदस्य राधा कार्की मिन्टु सिंह लगायतले अनावश्यक कर वृद्धिको विरुद्धमा जारी हस्ताक्षर अभियानलाई बहुमत को दम्भमा यदी वीरगंज महानगर बोर्ड समिति र मेयर सरावगीले बेवास्ता गरे नेपाली काँग्रेस जनताको साथ लिएर सशक्त प्रतिकार गर्ने चेतावनी दिनुभयो ।

Back to top