बगही स्कुलमा अत्याधुनिक कम्प्युटर ल्याब बनाउन सहयोगी र एडुटेक विच सम्झौता

128

काठमाडौँ, जेठ २७ – वीरगंज महानगरपालिका-२८ बगही स्थित श्री महानन्द प्रसाद उपाध्याय माध्यमिक विद्यालयमा आधुनिक सुविधा युक्त कम्प्युुटर प्रयोगशाला (ल्याब) बनाउन सहयोगी नेपाल र एडुटेक नेपालविच सम्झौता भएको छ ।

सहयोगी नेपाल र एडुटेक नेपाल विच बगही स्कुलमा कम्प्युटर ल्याब बनाउन काठमाडौँमा शोमबार एक कार्यक्रमविच मेमोरेनडम ऑफ अन्डरसेटेंडिंग (एमओयू)मा हस्ताक्षर भएको हो ।



एमओयू अनुसार विद्यालयले अत्याधुनिक सुविधा युक्त २० थान ब्राण्डेड कम्पनिको कम्प्युटर, एक थान युपीएस र ब्याट्रीलगयात सामग्री प्राप्त गर्ने सहयोगी नेपालका अध्यक्ष तबरेज अहमदले जानकारी दिए । उनले अबको केहि महिना भित्रै विद्यालयले ल्याबका लागि फर्नीचर निर्माण कार्य सम्पन्न गरेपछि कम्प्युटर हस्तान्तरण गरिने बताए ।

एमओयूमा सहयोगी नेपालबाट अध्यक्ष तबरेज अहमद र एडुटेक नेपालबाट अध्यक्ष डायना प्रदान सिलवाल संयुक्त हस्ताक्षर गरेका छन् । एमओयू हस्ताक्षर कार्यक्रममा श्री महानन्द प्रसाद उपाध्याय माध्यमिक विद्यालयका प्रधानाध्यापक अरविन्द कुमार लाल, एडुटेक नेपालका रविन्द्र साह, प्रतिमा शर्मा, आकाश दासलगयातको उपस्थिति रहेको थियो ।

विगत केहि वर्ष देखि नेपालको विभिन्न स्थानमा विधालयहरुलाई प्रविधि मैत्री वनाउदै पठन पाठनमा सहजता दिलाउने उद्धेश्यले कम्प्युटर वितरण गर्दै आएको एडुटेक नेपालको आर्थिक सहयोगमा बगही स्कुल ल्याब निर्माण गरिने छ ।