×

वीरगञ्ज, २६ जेष्ठ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानको संयोजकत्वमा युरोपको व्यापारिक भ्रमणमा गएको व्यापारिक मण्डलले बेल्जियमको एंटवर्पमा एक समारोहका बीच बेल्जियमका नेपाली समुदायहरुबीच “भिजिट २०२० र नेपालमा लगानी” सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ ।

भेटघाटका क्रममा वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ताले सन् २०२० लाई पर्यटन वर्षका रुपमा घोषणा गरेकोले बेल्जियमका नागरिक तथा बेल्जियममा बसोबास गरिरहेका नेपालीहरुलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्दै भ्रमण वर्ष सफल पार्न आग्रह गर्नुभएको थियो ।

बेल्जियममा रहेका नेपाली समुदायहरुका व्यक्तिहरुले मुलुकको आर्थिक समृद्धि गर्नु आफ्नो पनि दायित्व रहेकोले मुलुकमैं लगानी गर्न इच्छुक रहेको बताउनुभयो । उनीहरुले खासगरी वीरगञ्ज क्षेत्रमा कृषि लगायत अन्य क्षेत्रहरुमा लगानी गर्ने आश्वासन दिनुभयो । प्रदेश नं. २ को नीति अनुरुप नयाँ उद्योग स्थापनामा प्रदान गरिरहेको सेवा सुविधाले प्रदेश नं. २ मा त्यसमा पनि वीरगञ्ज क्षेत्रमा लगानी गर्न अझ उत्साहित तुल्याएको बताउनुभयो । खास गरी वीरगञ्ज मुलुककै औद्योगिक राजधानी भएकोले भौतिक विकास तथा वीरगञ्जमा विदेशी लगानी भित्रयाउने दिशामा सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

भेटघाटका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोरकुमार प्रधान लगायत १५ जिल्ला÷नगर उद्योग वाणिज्य सङ्घका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

Back to top