मेयर सरावगी विकास नाममा बृह्मलुट मचाए-उपप्रमुख शान्ति कार्की

374

वीरगन्ज २५ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पर्साले वीरगन्ज महानगर पालिकाका मेयर विजय सरावगीले वीरगञ्जका जन्ता तथा व्यवसायीसंग उठाएको घर जग्गाको मूल्याङ्कन र करका दरमा पुनरावलोकनको माग गर्दै आज हताक्षर अभियान गरेको छ ।

वीरगन्जको माईस्थान मन्दिर अगाडी आज गरिएको हताक्षर अभियानमा वीरगन्ज महानगर पालिकाका मेयर सरावगीले विकास नाममा बृह्मलुट मचायको तथा वीरगन्जको जनता संग गरेको बाँचा लागु नगरी मालकमाउ धन्दामा मात्र लागेको नेपाली कांग्रेस पर्साले आरोप लगाउदै हताक्षर अभियान गरेको हो ।



आज गरिएको हताक्षर अभियानमा वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले महानगरपालिकाका मेयर सरावगीले गरेको विकास नाममा बृह्मलुट मचाएका आरोप लगाइन । एता नेपाली कांग्रेस पर्साले वीरगन्ज महानगर पालिकाका मेयर विजय सरावगीले वीरगन्जको जनता संग गरेको बाँचा लागु नगरी मालकमाउ धन्दामा मात्र लागेको भन्दै भोली वीरगन्जमा विरोध रैली निकालने नेपाली कांग्रेस पर्साका जिल्ला अध्यक्ष अजय दुवेदी बताए ।

गरिएको हताक्षर अभियान कार्यक्रममा नेपाली कांग्रेस पर्साका जिल्ला अध्यक्ष अजय दुवेदी, नेपाली कांग्रेस पर्साका नेता राजेन्द्रबहादुर अमातय लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।