×

वीरगञ्ज २२ जेठ । केपी ओली नेतृत्वको सरकारले स्थानीय तह (गाउँपालिका, नगरपालिका र महानगरपालिका) लाई २ खर्ब १३ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७का लागि स्थानीय तहलाई उक्त बजेट विनियोजन गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडाको जिल्ला झापाले ५ अर्ब १५ करोड ५९ लाख रुपैयाँ बजेट पाएको छ ।

त्यस्तै, सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डित र कानून मन्त्री भानुभक्त ढकालको जिल्ला मोरङले ५ अर्ब ६१ करोड ६९ लाख रुपैयाँ पाएको छ भने गृहमन्त्री रामबहादुर थापा बादलको जिल्ला चितवनले ३ अर्ब ५१ करडा ५३ लाख रुपैयाँ पाएको छ ।

त्यस्तै, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादबको जिल्ला सप्तरीले ४ अर्ब ६३ करोड ३३ लाख रुपैयाँ बजेट पाएको छ ।

त्यसैगरी, उर्जामन्त्री वर्षमान पुनको जिल्ला रोल्पाले २ अर्ब २४ करोड ६२ लाख रुपैयाँ पाएको छ भने श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको जिल्ला गुल्मीले ३ अर्ब १६ करोड ९९ लाख रुपैयाँ बजेट पाएको छ ।

सञ्चार मन्त्री गोकुल बाँस्कोटाको जिल्ला काभ्रेपलाञ्चोकले ३ अर्ब ५८ करोड २ लाख रुपैयाँ पाएको छ भने वनमन्त्री शक्तिबहादुर बस्नेतको जिल्ला जाजरकोटले १ अर्ब ८२ करोड १ लाख रुपैयाँ पाएको छ ।

खानेपानीमन्त्री बिना मगरको जिल्ला कञ्चनपुरले २ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ पाएको छ भने उद्योगमन्त्री मातृका यादबको जिल्ला धनुसाले ४ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ पाएको छ ।

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जिल्ला डढेलधुराले १ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ मात्रै बजेट पाएको छ ।

कुन मन्त्रीको जिल्लामा कति बजेट ?

नाम मन्त्रालय जिल्ला बजेट
केपी शर्मा ओली प्रधानमन्त्री र पर्यटन झापा ५ अर्ब १५ करोड ५९ लाख
ईश्वर पोखरेल उपप्रधान तथा रक्षा काठमाडौं ५ अर्ब ६० करोड ५० लाख
उपेन्द्र यादव उप–प्रधान तथा स्वास्थ्य तथा जनसंख्या सप्तरी ४ अर्ब ६३ करोड ३३ लाख
रामबहादुर थापा गृह चितवन ३ अर्ब ५१ करोड ५३ लाख
प्रदीपकुमार ज्ञवाली परराष्ट्र गुल्मी ३ अर्ब १६ करोड ९९ लाख
गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि महोत्तरी ४ अर्ब १४ करोड २५ लाख
बर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिँचाई रोल्पा २ अर्ब २४ करोड ६२ लाख
रघुबीर महासेठ भौतिक पूर्वाधार तथा यातायात धनुषा ४ अर्ब ८२ करोड ६६ लाख
गोकर्ण विष्ट श्रम तथा रोजगार गुल्मी ३ अर्ब १६ करोड ९९ लाख
लालबाबु पण्डित सामान्य प्रशासन मोरङ ५ अर्ब ६१ करोड ६९ लाख
मातृकाप्रसाद यादव उद्योग, वाणिज्य तथा आपूर्ति धनुषा ४ अर्ब ८२ करोड ६६ लाख
चक्रपाणी खनाल कृषि तथा पशुपंक्षी विकास कपिलबस्तु ३ अर्ब ६४ करोड २२ लाख
थममाया थापा महिला तथा बालबालिका म्याग्दी १ अर्ब ४२ करोड ६९ लाख
शक्तिबहादुर वस्नेत वन तथा वातावरण जाजरकोट १ अर्ब ८२ करोड १ लाख
युवराज खतिवडा अर्थ झापा ५ अर्ब १५ करोड ५९ लाख
मोहम्मद इश्तियाक राई सहरी विकास बाँके २ अर्ब ९० करोड ११ लाख
जगतबहादुर विक युवा तथा खेलकुद कास्की २ अर्ब ८६ करोड ६ लाख
गोकुलवाँस्कोटा सञ्चार तथा सूचना प्रविधि काभ्रे ३ अर्ब ५८ करोड २ लाख
बिना मगर खानेपानी कञ्चनपुर २ अर्ब ७४ करोड ५३ लाख
पदमाकुमारी अर्याल भूमि व्यवस्था तथा सहकारी स्याङजा ३ अर्ब १७ करोड ४६ लाख
धनबहादुर बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्यन डोल्पा १ अर्ब २२ करोड ३५ लाख
रामकुमारी चौधरी कृषि तथा पशुपंक्षी विकास सुनसरी ४ अर्ब ३८ करोड ७९ लाख
डा.सुरेन्द्रकुमार यादव स्वास्थ्य तथा जनसंख्या महोत्तरी ४ अर्ब १४ करोड २५ लाख

clickmandu.com बाट

 

Back to top