अवैध चाँदी गहना सहित वीरगञ्जबाट युवा पक्राउ,चाँदी गहना धनीको खोजीमा पर्सा प्रहरी

830

वीरगञ्ज २२ जेठ । वीरगन्जमा अवैध चाँदी गहना सहित एकजना युवालाई जिल्ला प्रहरी पर्साका प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले अबैध चाँदी गहना सहित पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ का ३२ बर्षीय मनोज यादवलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिरगञ्ज महानगरपालिका ८ स्थित सन्ध्या डिलक्स बस काउन्टर अगाडी राखिएको ईन्भर्टर चेकजाँच गर्ने क्रममा सोही इन्भर्टर भित्र लुकाएर राखिएको ३ किलो ८ सय ग्राम चाँदी गहना सहित यादवलाइ पक्राउ गरेको हो ।
पक्राउ परेका चाँदीको बजार मुल्य ५४ हजार ६ सय २२ रुपैया रहेको सुन चाँदी ब्यसाय संघ पर्साले जनाएको छ । यादव चाँदी लिएर काठमाडौं जाने प्रयासमा रहेको बेला पक्राउ परेको प्रहरीले जनाएको छ ।
अवैध चाँदी सहित पक्राउ परेका यादवलाई आवहयक कारवाहीको लागि बीरगन्ज भन्सार कार्यालय बुझाईने जिला प्रहरी कार्यालय पर्साले जनाएको छ । श्रोतका अनुसार चाँदीको गहना धनी वीरगन्ज माईस्थानका एक बेपारीको रहेका र उनको खोजीमा पर्सा प्रहरीले गरिरहेको छ ।