×

वीरगंज,२१ जेष्ठ । समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले विधिपुर्वक हुने पुजापाठ तथा महायज्ञले समाजमा शान्ती ल्याउनुका साथै साकारात्मक उर्जा प्रदान गर्ने बताउनु भएको छ ।

वीरगंज महानगरपालीका वडा नम्बर १६ नगवामा आज देखी शुरु भएको श्री शिवशक्ती रुद्र महायज्ञको उदघाटन गर्दै सांसद यादवले धार्मीक विधिविधान अनुशार हुने पुजापाठ तथा महायज्ञले देशमा सुख शान्ती तथा समृद्धी हुने भएकाले महायज्ञको विषेश महत्व रहेको बताउनु भयो । अहिले विश्वभरी जतात्तै अशान्ती भइरहेको बेला देशमा शान्ती तथा समृद्धीको लागी आयोजना गरिएको यो महायज्ञले देशमा शान्तीको वातावरण सिर्जना हुने बताउनु भयो । अहिले सरकारले पनि नेपालीलाई सुखी तथा देशलाई समृद्ध बनाउन विषेश नारा दिएर कार्यहरु गरिरहेको बेला समाजमा शान्ती तथा आत्म शान्तीका लागी भइरहेको यो महायज्ञले समाज तथा देशमै सकारात्मक उर्जा प्रदान गर्ने बताउनु भयो ।

श्री ओम भक्तेश्वर शिव मठ मन्दिर एवम गायत्री शक्ती पिठको आयोजनामा आज देखी शुरु भएको महायज्ञ ९ दिन सम्म चल्ने छ । महायज्ञको आज पहिलो दिन कलश यात्रा निकालिएको मुल आयोजक समितीका अध्यक्ष मगदिश प्रशाद यादवले जानकारी दिनु भयो । नौ दिन सम्म चल्ने महायज्ञमा भारत तथा नेपालका विभिन्न धार्मीक प्रवचनकर्ताहरुले प्रवचन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । उदघाटन कार्यक्रममा समाजवादी पार्टीका महानगर अध्यक्ष इश्वर यादव लगाएत स्थानीयको उल्लेखनिय उपस्थिति रहेको थियो ।

Back to top