×

वीरगन्ज २१ जेठ । नेपाल उद्योग वाणिज्य महासंघबाट युरोप भ्रमणमा निस्कन लागेको जम्बो टोलीमा परेका बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियालाई स्विजरल्याण्डको दुतावासले निराश बनाएको छ ।

बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियालाई आजदेखि युरोप भ्रमणमा निस्कनुपर्ने कार्यतालिका थियो । तर, स्विस दुतावासले ५५ जनाको मात्र भिसा दिएपछि ३५ जना युरोप जान नपाउने भएका छन् ।

तर टोलीमा नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष तथा वीरगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ता युरोप भ्रमणमा सहभागित रहेका छन् । बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको समेत भिसा न लागेर उनी युरोप जानबाट बन्चीत भएका छन ।

स्विस दुतावासले भिसा नदिएपछि महासंघको भ्रमणमा निस्कन लागेको टोलीले पुनः फ्रान्सको दुतावासबाट भिसा लगाएर युरोप भ्रमणमा जाने तयारी गरेको छ ।

अहिले गएको टोली फर्केपछि युरोप जाने गरी भिसा आवेदन दिएको भम्रणमा निस्कन लागेका एक व्यवसायीले बताए । यो पटक टोली ठूलो भएको हुँदा स्विस दुतावासले भिसा नदिएको महासंघ निकट स्रोतले जानकारी दिएको छ ।

Back to top