×

वीरगन्ज २० जेठ । पर्साको जिराभवानी गाउँपालिकाका कर्मचारीहरु कार्यालय सहयोगी श्रीराम पटेललाई स्थानीय केही युवाहरुले रामधुलाई गरी घाइते बनाएपछि त्यसको विरोधमा गाउँपालिका कार्यालय र पाँचवटै वडाका कार्यालयका कर्मचारी सोमबार देखि कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । आइतबार साँझ कार्यालयबाट वीरगन्ज स्थित घर फर्किने क्रममा एउटै मोटरसाइकलमा सवार रहेका तीनैजना युवाले सुपौलीस्थित हुलाकी सडकमा पटेललाई रामधुलाई गरी घाइते बनाएका थिए । पर्साको जिराभवानी गाउँपालिकाका नम्बर ४ का अशोक दास, राजेश थारु र सञ्जु महतोले रामधुलाई गरेको जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले बताए । रामधुलाईबाट पटेलको टाउकोमा चोट लागेको छ । घाइते पटेलको नेशनल मेडिकल कलेजमा उपचार गरिएको गिरीले जानकारी दिए । प्रमुख प्रशाकीय अधिकृत गिरीका अनुसार कर्मचारी आन्दोलनमा उत्रिएका कारण गाउँपालिका कार्यालयका साथै पाँचवटै वडा कार्यालयको कामकाज सोमबार देखि ठप्प भएको छ ।

Back to top