×

वीरगञ्ज २० जेठ । पर्साको जिराभवानी गाउँपालिकामा सोमबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। करेन्ट लागेर अर्जुन पासवानका आठ वर्षीय छोरा महन्थ पासवानको ज्यान गएको हो। बिहान करिब आठ बजे गाउँ नजिकै रहेको कुखुरा फार्ममा जडान गरिएको बिजुलीको तारबाट करेन्ट लागेर बालकको ज्यान गएको प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरीक्षक राजेश चौधरीले जानकारी दिए। बालकको शवलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Back to top