सांसद प्रदिप यादवद्वारा नारायणी रंगशालाकोलाई विषेश बजेट छुट्याउन माग

342

वीरगंज जेठ १९ – संघिय समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादवले देशकै पुरानो रंगशालाको रुपमा रहेको नारायणी रंगशालालाई पुन: र्निमार्णको लागी विषेश बजेट छुट्याउन माग गरेका छन् ।

बजेट सम्बन्धी छलफलमा संघीय संसदमा बोल्दै सांसद यादवले नारायणी रंगशाला देशकै पुरानो रंगशाला भएकोले राज्यले यस्को मर्मत सम्भारमा विषेश बजेट छुटयाएर कोमामा गइसकेको यस रंगशालालाई सुधार गर्न आग्रह गरे ।



सांसद यादवले दशरथ रंगशाला पछि देशकै दोस्रो रंगशालाको रुपमा रहेको नारायणी रंगशालालाई मर्मत सम्भार तथा पुनर्निमार्णमा राज्यले बेवास्ता नगरेर यसलाई पुन: र्निमार्ण गर्न सकियो भने अन्तराष्ट्रिय स्तरको रंगशालाको रुपमा विकाश गर्न सकिने बताए ।

‘नारायणी रंगशालाको आफनै १८ विगाहा जग्गा रहेको छ २०४२ शालमा स्थानीयले बनाइ दिएको यो रंगशालामा त्यो बेलाको पञ्चायती व्यवस्थाको सरकारले पनि एक पैसा हालेको थिएन’, सांसद यादवले भने, ‘स्थानीयको सहयोगमा बनेको यस रंगशालालाई थोरै पैसाको आवश्यक्ता छ ।

सांसद यादवले भने कोमामा जाने अवस्थामा गइसकेको यस रंगशालालाई मर्मत सम्भारको आवश्यक्ता रहेकोले विषेश बजेटको व्यवस्था गर्न आग्रह गर्नु भयो । अन्तराष्ट्रिय स्तरको रंगशाला भएकोले मर्मत सम्भारबाट त्यसलाई पुन: निर्माण गरेर अन्तराष्ट्रिय खेलहरु समेत खेलाउन सकिने जानकारी दिनु भयो । यदी सरकारले यस रंगशालालाई मर्मत सम्भार गरेर अहिलेको अवस्थामा बनाउन सकेन भने यदी पुर्णरुपमा धवस्त भयो भने अहिलेको सरकार संग बनाउन धेरै समस्या हुने बताउनु भयो ।