लोकसेवा विज्ञापनविरुद्ध मन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा मधेशी युवाद्वारा प्रदर्शन

77

वीरगंज १९ जेष्ठ । लाेकसेवा संयुक्त संघर्ष सिमतिले लाेकसेवा बिज्ञापनविरूद्ध प्रदर्शन गरेकाे छ । लाेकसेवा आयोगले जेठ १५ गते गरेकाे बिज्ञापनकाे विषयलाई लिएर अयोगका अध्यक्ष र मन्त्रीको राजीनामा माग गर्दै आईतवार नयाँ बानेश्वर र माइतीघरमा प्रदर्शन गरेको हाे । बिज्ञापनमा सीमान्तकृत विद्यार्थीलाई अवहेलना गरेको लोकसेवा सयुंक्त संघर्ष समितिकाे भनाइ छ । आयोगले संविधानको भावना विपरित लोकसेवाको बिज्ञापन गरेको भन्दै लोकसेवा अयोगका अध्यक्ष उमेशप्रसाद मैनाली र मन्त्री लालबाबु पण्डितको राजीनामाको माग गर्दै वृहत प्रदर्शन गरेको हो । लोकसेवाले जेष्ठ १५ गते स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक/प्राविधिक तर्फका ९ हजार एक सय ६१ पदमा खुल्ला तथा समावेशी प्रतियोगितात्मक विज्ञापन निकालेको छ । जसमा मधेशी कोटा जम्मा २८ मात्र निर्धारण गरिएको छ । संविधानमा मधेसी कोटा २२ प्रतिशत हुनुपर्ने लेखिएकाे छ । संविधान विपरित विज्ञापन प्रकाशन गरेको भन्दै राष्ट्रिय जनता पार्टी र बिभिन्न संस्थाहरुले असन्तुष्टी जनाइरहेका छन् ।