जीवन ज्योती माध्यमिक बिद्यालयमा अध्यन्नरत ६० जना बिद्यार्थीहरुलाई ब्याच बितरण-फोटो फिचर सहित

115

बीरगंज १९ जेष्ठ । बीरगंजको रानीघाटमा अवस्थित जीवन ज्योती माध्यमिक बिद्यालयले आज एक समारोहका बीच इन्भेसटिचर सेरोमनी (ब्याच बितरण) कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको श्री चण्डी प्रसाद गण बीरगंजका सेनानी श्रृजन बहादुर मल्लले उदघाटन गर्नु भएको थियो । बिद्यालयमा अध्यन्नरत कक्षा एक देखी १० सम्मका बिद्यार्थीहरु मध्ये छानिएका ६० जना क्याप्टेनहरुलाई ब्याच बितरण गरिएको थियो । कार्यक्रममा स्कुलकी संचालिका मिनाक्षी गुप्ता, डा. श्याम सुन्दर दास, इन्जिनियर मुन्ना सर्राफ, प्राध्यापक डा.हरेराम ठाकुर, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, वडा नम्बर ९ वडा अध्यक्ष मनोज कलवार, फोटो पत्रकार राम सर्राफ लगायतकाले स्कुल क्याप्टेन, सहायक स्कुल क्याप्टेन, एकेडेमिक प्रिफेक्ट, डिसिप्लिन प्रिफेक्ट, हाउस क्याप्टेन र इंगलिस स्पिकि¨ सोसाईटीको विद्यार्थीहरुलाई ब्याच बितरण गर्नु भएको थियो ।ब्याच बितरण गर्दै सेनानी श्रृजन बहादुर मल्लले बिद्यार्थीहरु जुन क्षेत्रमा आवद्ध भएपनि भोलीका दिनको कर्णधार रहेको बताउनु भयो । बिद्यार्थीहरुको भबिष्य स्वयं बिद्यार्थीहरुको हातमा रहेको हुनाले शिक्षकहरुले पढाएको कुरा राम्ररी सिक्नु पर्ने बताउनु भयो । जीवन ज्योती माध्यमिक बिद्यालयका प्रधानाध्यापक शिव प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा कक्षा ९ का छात्रा जया सर्राफले स्वागत मन्तव्य व्क्त गर्नु भएको थियो । हाल उक्त बिद्यालयमा ८ सय जना बिद्यार्थीहरु अध्ययनरत रहेको छन । यसैविच विश्व वातावरण दिवसको अवसर पारेर आज सरसफाई कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा काठमाण्ठौबाट आएका सफाई अभियनता रामराज मानव, सुशिला महर्जन, स्थानिय जसपाल सिंह, र विद्यालयका विद्यार्थी, शिक्षकहरुले विद्यालय वरिपरिको क्षेत्र सरसफाई गरेका थिए । सो क्रममा वडा नम्बर ९ को करिब सय घर अगाडी फालिएको फोहोर संकलन गरिएको छ । सरसफाईको क्रममा स्थानियवासिलाई फोहोर जथाभावी नफाल्न समेत अनुरोध गरिएको थियो । सबैले आफ्नो दायित्वलाई बुझेर पहल गरे वीरगंजको फोहोरलाई धेरै हदसम्म न्युनिकरण गर्न सक्ने सफाई अभियनताहरुले बताएका थिए ।