सजनी भई कोतवाल तो डर काहेका,प्रदेशसभा सदस्य रागिनी बरनवालले देखाइन् पदीय दुरुपयोगको नमूना

आफ्नै रेडियोमा ८ लाखको उपकरण सहयोग

862

वीरगन्ज १७ जेष्ठ । आफनै श्रीमान कोषाध्यक्ष रहेको सँस्थामा संसदियकोषको बजेट दुरुपयोग गरेर प्रदेश सभासद रागिनि बर्णवाल चर्चामा आएकी छिन् ।
नारायणी एफएममा रागिनिका श्रीमान रविन्द्र बर्णवाल कोषाध्यक्ष रहेका छन् । सामुदायिक रेडियो रहेको नारायणी एफएमका अध्यक्ष पर्सा क्षेत्र नं. १ का सासद प्रदिप यादव रहेका छन ।श्रीमान रविन्द्र बर्णवालको पैसाको बलमा प्रदेश सभासद बनेकी रागिनि बर्णवाल जस्ताका कारण सामाजिक विकासमा पछि परेको प्रदेश नम्बर २ भ्रष्टाचार भने सबैभन्दा अगाडि देखिएको छ । २ नम्बर प्रदेशलाई यस्तो अवस्थामा यत्तिकै आएको होइन । प्रदेश २ को सरकार र सत्तासीन दलका विधायकहरुले एकपछि आर्को गरी चलाई रहेका अनियमित धन्धा सार्वजनिक हुन थालेका छन् ।यसको पछिल्लो उदाहरण बनेको छ, समानुपातिक प्रदेशसभा सदस्य रागिनी बरनवाल बनेकी छन् । प्रदेशसभा सदस्य रागिनी वरनवालले पदीय हैसियत दुरुपयोग गरी आफ्नै रेडियोलाई उपकरण सहयोग गरेको खुलासा भएको छ । वीरगंजमा रहेको सामुदायिक रेडियो नारायणी एफएमलाई आफ्नो संसदीय कोषबाट उपकरण खरिदमा सहयोग गरेकी हुन् । यो रेडियामा रागिनीका श्रीमान रबिन्द्रकुमार बरनवाल सञ्चालक छन् ।पर्सा जिल्लाबाट समानुपातिकमा निर्वाचित प्रदेश सांसद वरनवालले सामुदायिक रेडियो नारायणी एफएमलाई एक थान ट्रान्समिटर र अनलाईन युपिएस उपलब्ध गराएकी हुन् । यसको मूल्य ८ लाख पचास हजार रुपैयाँ पर्ने बताइएको छ ।
सञ्चालक वरनवालले नियमानुसार नै सहयोग गरिएको दाबी गरे । सामुदायिक रेडियोलाई प्रदेशसभा सदस्यले विकास कोषबाट सहयोग दिन मिल्ने उनले बताए ।