×

वीरगन्ज १५ जेठ । वीरगञ्जमा साइकल यात्रीको सुरक्षाका लागि भन्दै रातिमा टल्किनै स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ । सो अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगञ्जको माइस्थानमा मात्रै ३०० वटा साइकलमा रातिमा टल्कने स्टिकर लगाइएको छ ।

माइस्थान चोकमा कामको खोजीमा आएका श्रमिकले प्रयोग गरेका साइकल र अन्य गरी ३०० वटामा स्टिकर लगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । सडक बत्ति नभएको ठाउँमा साइकलको याक्रा जोखिमयुत्त रहेकोले साइकल यात्रुको सुरक्षाका लागि अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अर्न्तगत व्यवस्थित वीरगञ्ज अभियानसँगको समन्वयमा रोटरी क्लब अफ वीरगञ्जले ५०/५० फिटको दुई रोल स्टिकर ट्राफिक प्रहरीलाई दिएको छ ।

वीरगञ्ज महानगरपालिका नगरको छेउछाउको गाउँबाट आउने साइकल यात्रीलाई अभियानले लाभ पुग्ने व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्कीले बताए ।

दुई दिनपछि वीरगञ्ज महानगरपालिका–१९ स्थित तिलावे पुल क्षेक्रमा साइकलमा रातमा टल्कने स्टिकर टाँस्ने कार्यत्रम सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

पर्साको पश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रबाट हजारौंको संख्यामा रोजगारीका लागि बजार क्षेत्र आउने साइकल यात्री तिलावे हुँदै ओहोर–दोहोर गर्ने गर्दछन् ।

Back to top