बजेटले संघीयतालाई कमजोर बनायो : छायाँ अर्थमन्त्री रिजाल

24

वीरगंज, जेठ १५ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवं छायाँ अर्थमन्त्री डा. मिनेन्द्र रिजालले बजेटले संघीयताको मर्म बोक्न नसकेको बताएका छन् ।

बुधबार संसद नयाँ बानेश्वरमा बजेट सुनेपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै रिजालले बजेटले संघीयतालाई कमजोर बनाउने टिप्पणी गरेका हुन् । ‘बजेटमा संघीयप्रतिको प्रतिबद्धता देखिएन ।



लोकतान्त्रिक वातारणप्रति पनि विश्वास नभएको झल्को आएको छ, रिजालले भने। उनले संघीयतालाई कमजोर पार्नकै लागि निर्वाचन क्षेत्रमा बजेट बढाइएको आरोप लगाए । रिजालले भने, ‘निर्वाचन क्षेत्र विकास कोषमा बढाएको रकमको औचित्य छैन । संघीयता आइसकेको अवस्थामा त्यो आवश्यक थिएन ।’

रिजालले बजेट निक्कै ठूलो बनाएको र चालु खर्च बढाएर अर्थतन्त्रीमाथि अनाआवश्यक व्ययभार थपेको उल्लेख गरे ।

‘बजेट निक्कै ठूलो बनाउनुभएको छ । चालु खर्च २० प्रतिशत बढेको छ। यो झन झन झन् बढ्दै जान्छ । दायित्व सिजर्ना हुन्छ । यो बजेटमा गत वर्षभन्दा दोब्बोर पुँजीगत खर्च बढाउने भनेको छ । तर त्यसको आधार छैन, रिजालले अगाडि भने, ‘खर्च धान्ने बजेट राजस्वबाट उठाउन सकिँदैन । जुन वर्षमा वर्ष वैदेशिक ऋण र अनुदान आधाले घटेको छ, अर्को वर्ष निक्कै बढ्छ भनेर प्रक्षणप गरे पनि त्यो संभव देखिँदैन ।’

उनले आन्तरिक बजारबाट दुई अर्ब रकम उठाउने घोषणा सही नभएको बताए । ‘आन्तरिक बजारबाट २ अर्ब ऋण उठाउदा कर्जा, व्याजदारमा दबाब सिर्जना गर्छ । जसले लगानीको वातावरण बन्दैन । लगानीको वातारण नबनेपछि आर्थिक वृद्धिदर संभवन छैन । सिरानी हालेर बस्ने बजेट आएको छ, रिजालले भने ।

उनले पाँच लाख रोजगारी सिर्जना गफमा मात्र संभव रहेको र बजेट ल्याउँदा धरातलमा नटेकर आफूले टेकेको फल्याक नै भाँचिने अवस्था रहेको उल्लेख गरे ।