×

वीरगञ्ज १४ जेठ । सरुवा भएसँगै प्रहरी उपरीक्षक रेवती ढकालको सम्मान तथा विदाई शुरु भएको छ । विभिन्न संघ संस्थाले एसपी ढकाल पर्सामा रहँदा यस क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न खेलेको भूमिकाको कदर गर्दै सम्मान तथा विदाई गरिएको हो । होटल तथा पर्यटन व्यवसायी संघ पर्साले सोमबार सम्मान तथा विदाई कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा होटल व्यवसायीहरुले ढकालले कहिल्यै होटल व्यवसायीलाई दुःख नदिएको भन्दै प्रशंसा गरे । उनीहरुले बरु प्रहरी उपरीक्षक ढकालले उल्टै सहकार्य गर्दै अघि बढेको बताए । पर्सामा आउने प्रहरी प्रमुखले विभिन्न बहानामा होटल व्यवसायीहरुलाई दुःख दिने गर्छन् । तर ढकालले जनमैत्री मात्रै बनेनन्, होटल व्यवसायी मैत्री बनेर बसे । होटल व्यवसायीलाई कहिल्यै सताउने काम गरेनन् । व्यवसायीहरुले भनेका छन् । कार्यक्रममा अगुवा होटल व्यवसायी पशुपति विक्रम शाह, होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Back to top